पाल्पाको निस्दी गाउँपालिकामा अध्यक्षमा एमालेका सारू र उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

पाल्पाको निस्दी गाउँपालिकामा अध्यक्षमा एमालेका सारू र उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

पाल्पा, जेठ २
पाल्पाको निस्दी गाउँपालिका एमालेले ‘क्लिन स्विप’ पारेको छ । गाउँपालिकाका सबै पदहरुमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

निस्दी पालिका अध्यक्षमा एमालेका मुक्तबहादुर सारु अध्यक्षमा सारुले ६ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द अर्यालले ३ हजार ४ सय ६६ प्राप्त गरे ।

निस्दी गाउँपालिका उपाध्यक्षमा तीरन कुमारी श्रेष्ठ निर्वाचित भएकी छिन् । श्रेष्ठले ६ हजार ६ सय ९ ल्याएर निर्वाचित हुँदा माओवादीका रामप्रसाद खत्रीले ८ सय ३० मत प्राप्त गरे । निस्दीका वडाध्यक्षहरूमा निस्दी १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी भएका छन् ।

कुल १५ हजार ८५ मतदाता रहेको निस्दीमा १० हजार ५ सय १५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस