पाल्पाको माथागढीमा एमालेबाट पूर्व स्वास्थ्यकर्मी चिदी र लुङ्चे विजयी

पाल्पाको माथागढीमा एमालेबाट पूर्व स्वास्थ्यकर्मी चिदी र लुङ्चे विजयी

पाल्पा, जेठ २
पाल्पाको माथागढी गाउँपालिकामा नेपाल कम्प्युनिष्ट पार्टी एमालेका उम्मेदवारहरू यम चिदी र बिष्णुमाया लुङचे वियजी भएका छन् ।गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यम बहादुर चिदीले ६ हजार १ सय ९ मत प्राप्त गरि विजय भए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका सन्तोष कुमार थापाले ५ हजार ५ सय ५४ मत गरे ।
यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकै बिष्णुमाया लुङचे ५ हजार ८ सय ८२ मत सहित विजयी बनिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६ सय ४४ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका सचिव समेत रहेका सन्तोष कुमार थापाको पराजय भएसँगै कांग्रेसका कार्यकर्ता तथा नेताहरु अन्तर्घात भएको आरोप पत्र्यारोपमा छन् ।
२०७४ सालको निर्वाचनमा माथागढी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य कांग्रेसबाटै विजयी भएका थिए । १९ हजार ३ सय ४७ मतदाता रहेको माथागढी गाउँपालिकामा १३ हजार ३ सय १ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस