पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेका थापा र भट्टराइ विजयी, पुरानै विरासत कायम

पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेका थापा र भट्टराइ विजयी, पुरानै विरासत कायम

पाल्पा, जेठ २

पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार नुनबहादुर थापा र उपाध्यक्षमा भागिरथि भट्टराइ विजयी भएका छन् ।

अध्यक्षमा विजयी थापाले ६ हजार ३९ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मिनप्रसाद गिरीले १ हजार २ सय ५७ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा भट्टराई ५ हजार ८ सय ९४ मतसहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २ सय ५० मत ल्याइन् ।

पूर्वखोलामा ६ वटै वडाअध्यक्ष र सबै सदस्यमा पनि एमाले विजयी भएकाे छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् ।

पूर्वखोलामा २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेबाटै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस