रम्भा गाउँपालिकामा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार ६ जना घाइते (भिडियाे सहित)

रम्भा गाउँपालिकामा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार ६ जना घाइते (भिडियाे सहित)

पाल्पा, जेठ १

पाल्पाकाे रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ३ जना सुरक्षाकर्मी र ३ जना मतदाता रहेकाे बुझिएकाे छ ।

रम्भा गाउँपालिका ५ ताहुँकाे मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएकाे थियाे । निर्वाचन अधिकृतकाे कार्यलयतर्फ जान खाेज्ने गठबन्धन दलका कार्यकर्तालाइ राेक्ने क्रममा झडप भएकाे हाे ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाइ ढुंगा तथा लाठीले हिर्काइ घाइते बनाएपछि प्रहरीले अश्रुग्याँस हानेकाे बताउनुभयाे । उहाँले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाइ अाग्रह गर्नुभयाे ।

हेर्नुहाेस् भिडियाे…

प्रतिक्रिया दिनुहोस