पाल्पामा ७ वडामा एमाले, ६ वडामा कांग्रेस र १ मा माओवादीका वडाध्यक्ष निर्वाचित

पाल्पामा ७ वडामा एमाले, ६ वडामा कांग्रेस र १ मा माओवादीका वडाध्यक्ष निर्वाचित

पाल्पा, जेठ १
पाल्पाका स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणना भैरहेको छ । दश स्थानीय तह रहेको पाल्पा जिल्लाको रामपुर नगरपालिका, तानसेन नगरपालिकासँगै ७ वटा गाउँपालिकामा मतगणना भैरहेको छ । पाल्पाको रम्भा गाउँपालिकामा भने मतगणना रोकिएको छ । खसेको मतभन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित भएको हो ।
रामपुर नगरपालिकाको वडा नं. १ मा कपिल बहादुर खाँड नेपाली कांग्रेस र वडा नं. १० मा नेकपा एमालेका ताेयानाथ सारू विजयी भएका छन् । तानसेन नगरपालिका वडा नं. १ मा सुनिल बस्याल र २ मा महेश्वर श्रेष्ठ नेपाली कांग्रेसबाट विजयी भएका छन्।

रैनादेवी छहरा गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीका वडाध्यक्ष सोम दर्लामी विजयी भएका छन् । निस्दी –१ बाकामलाङ्गमा नेकपा(एमाले)को तर्फबाट वडा अध्यक्षमा यम बहादुर राना सहित प्यानलनै विजयी भएकाे छ ।

तिनाउँ गाउँ पालिका वडा नं १ मा एमालेका वडा अध्यक्ष भुवानसिं चिदि, तिनाउ २ दोभानमा एमालेका यादब अर्याल बिजयी भएका छन् ।
पाल्पाको माथागढी गाउँपालिका वडा नं. ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यमा दिल बहादुर ढेंगा सहितको कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । माथागढी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका राजकुमार पन्थी सहित एमाले प्यानल नै बिजयी भएका छन् ।

पूर्वखोला गाउँपालिकाको वडा नं. १ मा गिरिमान आले र २ मा नेकपा एमालेकै निर बहादुर सारूकाे प्यानल विजयी भएको छ । यस्तै पूर्वखोला गाउँपालिका वडा न ३ मा रिङ्नेरहमा नेकपा एमालेको प्यानलनै विजयी भएकाे छ । वडा अध्यक्षमा नेकपा एमालेबाट कृष्ण प्रसाद भट्टराई बिजय भएका हुन् । रिब्दीकाेट गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका चिरञ्जिवी पाेखरेल विजयी भएका छन् । यता वगनाशकाली गाउँपालिका वडा नं. ९ काे अध्यक्षमा नेपाली कांग्रेसका ठानेश्वर तिमिल्सिना विजयी भएका छन् ।

स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेको छ । जिल्लामा सबैभन्दा बढी रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको छ । यस्तै सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो । १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेको पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस