रामपुर १ मा कांग्रेसका अध्यक्ष खाँणको प्यानल विजयी

रामपुर १ मा कांग्रेसका अध्यक्ष खाँणको प्यानल विजयी

सुशीला रेग्मी
रामपुर (पाल्पा), वैशाख ३१

रामपुर नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कपिलबहादुर खाँणले ९४७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी मिनबहादुर खाँणले ७५१मत पाउनु भएको छ । कांग्रेसको महिला खुल्ला सदस्यमा देवका पोखरेलले ८९५, दलित महिला सदस्य जिवनमाया सार्कीले ९१४, खुल्ला सदस्यहरु नारायण चन्दले ९०० र मदन कार्कीले ९०० मत ल्याएर विजयी हासिल गर्नुभएको छ ।
नेकपा एमालेका खुल्ला महिला सदस्य दानमाया रानाले ७९७, दलित महिला सदस्य विष्णुकुमारी विश्वकर्माले ७७८, खुल्ला सदस्य पूर्णहादुर (कृष्णबहादुर) अर्धलीले ७७५, अर्का खुल्ला सदस्य हेमसरा सारुले ७६९ मत पाउनु भएको छ ।
वडा नं १ मा नगर प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापाले ८९२, उपप्रमुख बालकुमारी थापाले ८९४, नेकपा एमालेका शिव अर्यालले ८०२, उपप्रमुख दुर्गादेवी रानाले ८०९, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले एक, उपप्रमुख गायत्री न्यौपानेले एक, स्वतन्त्र उम्मेदवार (पुतली चिन्ह) प्रेमप्रकाश श्रेष्ठले दुई मत प्राप्त गर्नु भएको छ । निर्वाचनमा एक हजार ७४४ मत खसेकोमा १२ मत बदर भएको छ ।
यहाँ पुर्व भूमी सुधार तथा व्यवस्था मन्त्री एवन् नेकपा एमालेका नेता दलबहादुर रानाको क्षेत्रमा कांग्रेसले लामो समय पछि जित हासिल गरेको छ । दश वडा रहेको रामपुरमा अहिले वडा नं १० र २ को मत गणना कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस