पाल्पामा मतगणना सुरू, माथागढी ८ मा कांग्रेसका दिल ढेंगा विजयी

पाल्पामा मतगणना सुरू, माथागढी ८ मा कांग्रेसका दिल ढेंगा विजयी

पाल्पा, वैशाख ३१

पाल्पाका स्थानीय तहको निर्वाचनमा खसेकाे मतकाे मतगणना सुरू भएकाे छ । जिल्लाकाे रामपुर नगरपालिका, तानसेन नगरपालिकासँगै ८ वटै गाउँपालिकामा मतगणना सुरू भएकाे हाे ।

पाल्पाकाे माथागढी गाउँपालिका वडा नं. ८ मा नेपाली कांग्रेसकाे प्यानलै विजयी भएकाे छ । वडाध्यमा दिल बहादुर ढेंगा सहितकाे कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा नं. ८ बहादुरपुरकाे वडाध्यक्षमा रूख चिन्हमा ४ सय १० सहित ढेंगा विजयी भएका छन् । नेकपा एमालेसँग उनकाे मतान्तर १ सय ४ रहेकाे छ ।

वैशाख ३० गते भएकाे निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेकाे छ । १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेकाे पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए ।

पाल्पाकाे १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान सम्पन्न भएकाे हाे । 

प्रतिक्रिया दिनुहोस