पाल्पा, वैशाख ३१
स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेकाे छ । जिल्लामा सबैभन्दा बढी रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेकाे छ । यस्तै सबैभन्दा कम पूर्वखाेला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेकाे हाे ।

१ लाख ९९ हजार ६ सय ९० मतदाता रहेकाे पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए ।
पाल्पाकाे माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा शनिबार बिहानैदेखी मतगणना कार्य सुरू भएकाे छ । जिल्लाका अन्य पालिकाहरूकाे मतगणना अहिले बिहान ८ बजेदेखी सुरू हुने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
पाल्पाकाे १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान सम्पन्न भएकाे हाे । दश स्थानीय तह रहेकाे पाल्पामा बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान कार्य चलेकाे थियाे ।