उत्साहजनक रूपमा मतदान सम्पन्न, केही समयमै मतगणना गरिने, मतपेटिका संकलन हुँदै

उत्साहजनक रूपमा मतदान सम्पन्न, केही समयमै मतगणना गरिने, मतपेटिका संकलन हुँदै

पाल्पा, वैशाख ३०

स्थानीय तहको निर्वाचन पाल्पामा उत्साहजनक रूपमा सम्पन्न भएकाे छ । जिल्लाका कुनै पनि स्थानीय तहमा अप्रिय घटना बीना उत्साहजनक रूपमा मतदान कार्य सम्पन्न भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

दश स्थानीय तह रहेकाे पाल्पामा बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान कार्य चलेकाे थियाे । १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेकाे पाल्पामा मतदानका लागि बिहानैदेखी मतदाता लामवद्द भएका देखिन्थे । पाल्पाकाे १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान सम्पन्न भएकाे हाे ।

स्थानीय तह सदस्यकाे निर्वाचनका लागि पाल्पामा २ हजार ६२ कर्मचारी खटीएका थिए । दाेस्राे पटक स्थानीय तहकाे निर्वाचन सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस