स्याङ्जा, वैशाख ३० स्याङ्जाको वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलाबास स्थिति भित्री सडक खण्डमा मतदाता बाेकेकाे ग २ च ३०२६ नम्बर जीप आज बिहान १०२० दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइते १२ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाइएको छ भने एक जनालाई वालिङ प्राथमिक स्वास्थ्य क्रन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
जीप सडकबाट करिव ५ सय मिटर तल खसेको बताईएकाे छ ।