दशैंमा जस्तै भोट हाल्न गाउँ–घर फर्किनेको भिड

दशैंमा जस्तै भोट हाल्न गाउँ–घर फर्किनेको भिड

पाल्पा,बैशाख २८
यस पटक स्थानीय निर्वाचनमा दशैंमा जस्तै गाउँ फर्किनेको भिड देखिएको छ । अब स्थानीय निर्वाचन आउन अब दुई दिन बाँकी छ । मतदानको दिन मुखमा आइसकेका बेला स्थानीय निर्वाचनमा भाग लिन पाल्पाको सदरमुकाम तानसेनबाट गाउँघर फर्किनेको भिडभाड भएको छ । तानसेनबाट मतदान गर्नकै लागी रामपुर जान लागेकी त्रिभुवन बहुमुखी क्याम्पसकी बिद्यार्थी पिमा साठीघरेले घर जाने सवारी साधन नपाउदा समस्या परेको बताउनुभयो ।
त्यस्तै तानसेनमा काम गर्ने मजदुर गोपाल कार्की निर्वाचनकै लागी गाउँ खस्यौली जान गाडी नपाउदा समस्या परेको बताउनुहुन्छ । कार्कीले राजनैतीक दलले गाउँ गाउँ जानका लागी गाडीको ब्यबस्था गरेको सुनेता पनी आफुले कहाँ कुन गाडी हो भन्ने कुनै जानकारी नपाएको बताउनुभयो । रोजगारीको शिलशिलमा भारतलगायतका विदेशमा बस्नेहरु पनि भोट दिनको लागि गाउँघर फर्किएका छन् । चुनावका लागि गाउँ घर जानेको संख्या बढेसँगै केही दिनयता सदरमुकामसँग जोडिएका राजमार्गमा गाडीको चाप बढे्ेको छ ।

प्रतिक्रिया दिनुहोस