मोटरसाइकलले ठक्कर दिदा एक घाईते

मोटरसाइकलले ठक्कर दिदा एक घाईते

पाल्पा,बैशाख २७
पाल्पाको रिब्दीकोट ५ कुसुमखोलामा मोटरसाइकलले ठक्कर दिदा एक जना घाईते भएका छन् । मंगलबार दिउसो करिब ३ बजेको समयमा लु ४५ प २९८२ नम्बरको मोटरसाइकलले रिब्दीकोट ५ कुसुमखोलाकी ५० बर्षिय चन्द्रकला खनाललाई ठक्कर दिएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
घाईते खनालको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामन्य रहेको अस्पतालले जनाएको छ । घाइतेको परिवार स्रोतका अनुसार एमालेको झण्डा सहित एमालेको चुनाबी ¥यालीमा हिडेको मोटरसाइकलले नियतवस ठक्कर दिएको जनाएको छ । परिवारले पराजीत मानसिकताबाट ग्रसित भएर आक्रमण भएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस