पाल्पा, वैशाख २६
तानसेन नगरपालिका वडा नं. ११ मा विगत चार वर्षमा केही विकासका काम नभएकाे भन्दै यादवसिंह कार्की चुनावी मैदानमा हाेमिएका छन् । नगरपालिका क्षेत्र भएर पनि विकासमा कमजाेर र जनताकाे स्तर विकास हुन नसकेकाेले विकास निर्माणलाइ अगाडी बढाउनु अावश्यक रहेकाे भन्दै उम्मेदवारी दिएका हुन् ।
विं.सं. २०७४ मा तानसेन नगरपालिका वडा नं. ११ को वडा अध्यक्षको उम्मेदवार भएर उपविजयी कार्की पून निर्वाचनमा हाेमिएका छन् ।उपविजेता भएपनि कुनै गुनासो र निराश नभई थप सामाजिक काम गर्ने अवसर मिलेको बताउछन् । तानसेन नगरपालिका वडा नं. ११ का वडाअध्यक्षका उम्मेदवार यादव सिंह कार्कीले लामो समयदेखि वडावासीले भोग्दै आएको समस्या समाधान गर्नको लागी आफनो उम्मेदवारी दिएको बताउछन् । उनले वडामा रहेको खानेपानी, मोटरबाटोबाट दैनिक जसो स्थानीयले भोग्नुपरेको समस्यालाई समाधान गर्ने बताए । निकै लामो समयदेखी स्थानीयले पहिरोले पुरेका घर व्यवस्थापन गर्न सकेका छैनन् । एमालेको सरकार हुँदा क्षतिपुर्ती समेत नपाउदा दैनिकी चलाउन नसकेका , मोटरबाटो नबन्दा जोखिम मोलेर हिडिरहेका स्थानियहरुको मुहारमा चमकता ल्याउन पनि आफनो उम्मेदवारी दिएको बताए।
कार्कीले कोरोनाका कारण विश्व आक्रान्त परेको बेलामा आफनो ज्यान र परिवारलाई थाती राखेर सामाजिक सेवामा होमिएका थिए । मान्छेमा मानवता हराएको छ । एकातिर कोरोनाको डरक्रास र अर्कोतिर पिडा र छटपटाईरहेकालाई सहयोग गर्नु मेरो मानवताभित्र पर्दछ भन्ने लागेर मैले यो काम सुरु गरेको उम्मेदवार कार्कीले बताउँछन् ।
आफनो ठाउँमा विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहनुभएको छ । अब हुने चुनावमा काम ,योगदान सक्षमता र योग्यता हेरेर मूल्याङकन हुनेछ भन्नेमा विश्वास आफू ढुक्क रहेको बताउछन् । आफ्नो क्षेत्रलाई कसरी युग सुहाउदो खालको बनाउन सकिन्छ भनेर व्यवस्थित गर्नमा तल्लीन रहेको भन्दै उनले , भोलीका दिनमा स्थानीयले कल्पना गरेको समाज निर्माण गर्ने परिकल्पना रहेको समेत बनाए ।
भनिन्छ चाहाना गरिसकेपछि र निरन्तर लागिरहेपछि आफनो चाहाना पुरा हुन्छ । त्यही विश्वासमा रहेर आफनो काममा अडिग रहेर संर्घष गर्नुभएका कार्कीले यो सपना पनि साकार हुनेछ भन्ने विश्वास राखेको बताए । पाल्पा पर्यटन विकासको अभिन्न अङ्ग भएकाले यस क्षेत्रमा खुलेर काम गर्न इच्छा रहेको र मुलुकको समृद्धि पर्यटन, कृषि र जलस्रोतबाट मात्र सम्भव भएकाले जो जहाँ भएपनि जुन पार्टीमा रहेपनि भोगीरहेको समस्यालाई समाधान गर्न रुखमा मत हालेर समग्र वडाको विकासको लागी मतको सदुपयोग गर्न सुझाव दिए । सो कार्यलाई पूर्णता दिन सक्रिय भूमिका निभाउनुपर्ने आवश्यकता रहेकाले यो स्थानको पर्यटन प्रवद्र्धन गर्नमा लागिपरेको बताए । कोरोनाको महामारीमा सयौ मानिसको उद्धार र शव व्यवस्थापनको उच्च मुल्याङकन गर्दै यही २०७९ वैशाख १ गते नेपाल सरकारका तर्फबाट सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट सुप्रवल जनसेवाश्री मानपदवीले सम्मानित भएका छन् ।