पाल्पामा खटिने मतदान कर्मचारी सूची हेर्नुहाेस्, अधिकृतहरूलाइ तालिम सम्पन्न

पाल्पामा खटिने मतदान कर्मचारी सूची हेर्नुहाेस्, अधिकृतहरूलाइ तालिम सम्पन्न

पाल्पा, वैशाख २५

जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदान केन्द्रमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी तालिम दिइएको छ । साथै जिल्लामा खटाइने, मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान सहायकहरूकाे सूची प्रकाशन गरिएकाे छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान सहायकहरूकाे सूचीका लागि क्लिक गर्नुहाेला…

https://docs.google.com/document/d/1G1Uk9ohuX7S-8CLfdTgDm-uAmFybvPOFPKq18lQVhdM/edit

दुई सय ४७ मतदान केन्द्रमा खटिने चार सय ९५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो।

जिल्लाभर खट्ने निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसी, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाही, निर्वाचन अधिकृतहरू र जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्याल लगायतले सहजीकरण गरेका छन् ।

तालिम पश्चात निर्वाचन सम्बन्धी सामग्री बुझेर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरू बैशाख २७ गते नै कार्यस्थलमा पुग्ने जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस