जनतालाइ अनुभूत हुने गरि काम गर्छः सुनिता अधिकारी

जनतालाइ अनुभूत हुने गरि काम गर्छः सुनिता अधिकारी

पाल्पा, वैशाख २५

बगनासकाली गाउँपालिकामा अध्यक्ष पदका उमेदवार सुनिता अधिकारीले जनताले अनुभूत गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गठबन्धनमा अावद्द दलका तर्फबाट नेपाली कांग्रेसकाे प्रतिनिधित्व गर्दै बगनासकाली गाउँपालिका अध्यक्षको उमेदवार बन्नुभएकी अधिकारीले सिंहदरवारको अधिकार घरघरसम्म व्यवहारिक रुपमै गर्ने कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उमेदवार अधिकारीले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । बगनासकाली गाउँपालिका जिल्ला सदरमुकाम संग जोडिएको पालिका हो । यहाँ अथाह सम्भावनाहरु छन्, कृषिका लागि उर्भर भूमी छ । पर्यटनका लागि प्रचुर सम्भावना छ । वास्तवमा बगनासकालीका जनताको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन र विकास यहिबाट सम्भव छ । मेरो उमेदवारी यहाँको जनताको आर्थिक, सामाजिक र सांस्कृतिक स्तर उकास्नका लागि हो, उहाँले भन्नुभयाे ।

बगनासकाली गाउँपालिका अध्यक्ष उम्मेदवार अधिकारी भन्नुहुन्छ बाटाहरु खोलिएका छन् स्तोरन्नती गर्नुछ, वालमैत्री स्थानीय शासनलाई कायम गर्नुछ, जनताको जिवनस्तर उकास्न कृषिमा क्रान्ति गर्नुछ, स्वास्थ्य क्षेत्रलाई उकास्नुपर्ने छ, शिक्षामा सबैको पँहुच र समानता ल्याउनुछ, करिव ६० प्रतिशत घरहरुमा एक घर एक धारा खानेपानी पुगेको छ, वाँकी घरहरुमा एक घर एक धारा बनाउनुपर्छ, यहाँको आन्तरिक आम्दानीलाई बृद्धी गर्दै, अन्य श्रोतहरुबाट समेत वजेट ल्याएर विकास गर्ने मेरो दृढ संकल्प छ ।

चुनाव पछि समग्र जनताको हक, हित र विकासका लागि काम गर्छु । मैले जनताले हाम्रो सरकार भनेर विश्वास गर्ने वातावरण बनाउछु । जनतालाई सरकार हुनुको महसुस गराउछु । जनताका हरेक दुःख, सुखमा साथ दिने प्रण गरेकी छु । वास्तवमा हामीले एउटा सच्चा जनप्रतिनिधिको भुमिका निभाउने हो भने र वजेटलाई सहि सदुपयोग र परिचालन गर्न सक्ने हो भने बगनासकाली त्यती ठूलो र भौगोलिक जटिलता नभएको पालिका भएको कारण विकास गर्न समय लाग्दैन् । ५ वर्षमा धेरै आमूल परिवर्तन गर्न सकिन्छ भन्ने लागेको छ, सुनिता अधिकारीले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस