पाल्पामा काँग्रेसका उम्मेदवारहरुको प्रण ‘हामी मालिक होइनौं, जनताका सेवक बन्छौं’

पाल्पामा काँग्रेसका उम्मेदवारहरुको प्रण ‘हामी मालिक होइनौं, जनताका सेवक बन्छौं’

पाल्पा, वैशाख २४

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पाल्पामा काँग्रेसबाट उम्मेदवार बनेकाहरू आफु जनताको सेवक बन्ने प्रण गरेका छन् ।
मतदाताहरुसँग भोट माग्दै उम्मेदवारहरुले आफु मालिक नभई जनताको सेवक बन्ने साझा प्रण गरेका हुन् । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा घरदैलो र चुनावी सभालाई तिव्र बनाएका काँग्रेसका उम्मेदवारहरुले जनता समक्ष मेयर साव, अध्यक्ष ज्यू नभई सेवक बन्ने प्रण गरेका हुन् ।
शनिबार माथागढी गाउँपालिका २ रुप्सेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसबाट पालिका अध्यक्षको उम्मेदवार बनेका सन्तोष थापा मगरले पाँच वर्ष जनताकै सेवामा समर्पित भएको र अब पनि जनताकै सेवक बनेर काम गर्ने बताए । उनले पाँँच वर्षभरी जनतासँग निकट भएर जनताकै काम गरेको र फेरी पनि जनताले विश्वास गरेकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए । थापाले भने‘हामीले माथागढीमा धरै विकास र समृद्धिका क्षेत्रमा काम गरेका छौं, केही सम्पन्न भएका छन् भने केही बाँकी छन् तिनलाई पुरा गर्न र माथागढीलाई देशकै नमूना पालिका बनाउने योजनामा हामी छौं ।’ उपाध्यक्षका उम्मेदवार विजया भट्टराईले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रण गरेकी छन् । वडा अध्यक्षका उम्मेदवार जनक रिजेलले पनि पाँच वर्षसम्म जनताकै काम गरेको र अब पनि जनताकै सेवामा आफुलाई लगाउने बताए । उता माथागढी ४ झडेवामा पनि काँग्रेसले घरदैलोलाई व्यापक बनाएको छ । वडा अध्यक्षका उम्मेदवार मधु पराजुलीले घरदैलोमा पुग्दा जनताको उत्साहजनक समर्थन पाएको बताए ।

रामपुरमा पनि नेपाली काँग्रेसका उम्मेदवारहरुले घरदैलोलाई निरन्तरता दिएका छन् । नगर प्रमुखका उम्मेदवार रमणबहादुर थापा, उपप्रमुखका उम्मेदवार बालकुमारी थापा सहित वडा अध्यक्ष, सदस्यहरु मतदाहरुसँग भेटघाट गरिरहेका छन् । उनीहरुले वडा नं. ७ मा चुनावी सभा समेत गरे । सभालाई सम्बोधन गर्दै मेयराका उम्मेदवार रमणबहादुर थापाले पाँचवर्षमा धेरै कामहरु सम्पन्न भएको भन्दै बाँकी केहीअधुरा काम पुरा गर्न काँग्रेसका उम्म्ेदवारलाई विजयी गराउन आग्रह गरे । उप्रप्रमुखकी उम्मेदवार बालकुमारी थापाले रामपुर क्षेत्र भित्रका महिला तथा अल्पसंख्यक पीछडिएको वर्ग तथा समुदायको उत्थानका लागि काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताइन् ।

यस्तै काँग्रेसबाट तानसेन नगरपालिकाको प्रमुखमा उमेदवार बनेका सन्तोष लाल श्रेष्ठले जनताले अनुभूत गर्ने गरी काम गर्ने प्रण गरेका छन् । उनले सिंहदरवारको अधिकार घर–घर सम्म पु¥याउने बताए । शनिबार तानसेनको वडा नं. ९ मदनपोखरामा घरदैलो गर्दै हिडेका उनले शिक्षा, स्वास्थ्य, खानेपानी,यातायात,विद्युत,कृषि ,पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रण गरे । श्रेष्ठले जनताको हरेक सुख र दुखमा साथ दिने बताउदै यहाँका जनताको मुहारमा खुसी ल्याउने समेत बताए । बगनाकाली गाउँपालिकामा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेकी सुनिता अधिकारीले पालिकाका आमनागरिकहरुले नेपाली काँग्रेसको नेतृत्व चाहेको बताएकी छन् । उनले आफु निर्वाचित भएपछि जनताको हरेक समस्यामा सारथी बन्ने प्रण गरेकी छन् । नेपा एसबाट उपाध्यक्षमा उम्मेदवार बनेका खिमानन्द पाण्डेले जनताको विश्वास गठबन्धनमा रहेको बताएका छन् । यहाँ गठबन्धनका उम्मेदवारहरुले ९ वटै वडाका घरदैलो गरिसकेका छन् । उता रम्भा गाउँपालिकाको वडा नं. ३ पिपलडाँडामा गठबन्धनको चुनावी सभा भएको छ । सभामा नेकपा एकिकृत समाजवादीका अध्यक्षका उम्मेदवार दुर्गा अधिकारीले नेतृत्वमा निरन्तर एउटै व्यक्ति हुँदा समाजको भावना बुझ्न नसक्ने भन्दै जनताले गठबन्धनलाई बहुमत दिनु आवश्यक रहेको बताए । काँंग्रेसबाट उपाध्यक्षका उम्मेदवार बनेका बिष्णु थापाले नेपाली काँग्रेसले जनताको मन जितेर काम गर्ने बताए ।

गठबन्धनले रिब्दीकोट गाउँपालिका – ८ फेक पनि चुनावी सभा गरेको छ । सभालाई नेपाली काँग्रेसका जिल्ला सभापति तथा गठबन्धनका संयोजक हिमाल दत्त श्रेष्ठले काँग्रेसले २०७४ सालमा ३७ वडा र ४ पालिका जितेको ईतिहास रहेको भन्दै हाल ५ प्रतिशत मत बढ्दा काँग्रेसको धेरै ठाउँमा जित सुनिश्चित रहेको बताए । पूर्व सांसद हरि प्रसाद नेपालले पालिकाको समृद्धि र लोकतन्त्रको संस्थागत विकास गर्न गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सचिव कृष्ण आले,नेकपा माओजादीका नेता चिरञ्जीवी अमात्य ,गाउँपालिका अध्यक्षका उम्मेदवार नारायण बहादुर कार्की लगायतले एक पटक गठन्धनका उम्मेदवारलाई विजय गराए हेर्न पालिकावासीलाई आग्रह गरे । पालिका अध्यक्षका उम्मेदवार कार्कीले आफु निर्वाचित भएमा तलब भत्ता नलिने प्रतिवद्धा व्यक्त गरेका छन् ।

यस्तै तिनाउ गाउँपालिका– ५ कोलडाँडामा पनि गठबन्धनको चुनावी सभा भएको छ । सभालाई काँग्रेस लुम्बिनी प्रदेश सदस्य महेन्द्र प्रसाद पाण्डे, चक्र ब्युह थापा, वडा अध्यक्षका उम्मेदवार गणेश रास्कोटी लगायतले गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी बनाउन आग्रह गरे । यस्तै गठबन्धनले रैनादेबी छहरा –१ सिद्देस्वरमा घर दैलो कार्यक्रम गरेको छ । घरदैलोका क्रममा गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका रुक्मागत भट्टराई, उपाध्यक्षका उम्मेदवार युवराज थापा, वडा अध्यक्ष पदका उम्मेदवार सोम बहादुर दर्लामी, प्रदेश कमिटी सदस्य राजेन्द्र बिक लगायतले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । जिल्लाको निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिकामा समेत गठबन्धनका उम्मेदवारहरु घरदैलोमै व्यस्त छन् ।

रम्भा गाउँपालिकाको वडा नं. ३ पिपलडाँडामा आयोजित कोणसभामा बोल्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष पदका उम्मेदवार दुर्गा अधिकारीले नेतृत्वमा निरन्तर एउटै व्यक्ति हुँदा समाजको भावना बुझ्न नसक्ने भन्दै जनताले गठबन्धनलाई बहुमत दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले समय र जनताको मनोभावना बुझेरै पाँच दल एक ठाउँमा उभिएको बताउनुभयो ।
रम्भा गाउँपालिका नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका उम्मेदवार बिष्णु थापाले नेपाली कांग्रेसले जनताको मन जितेर काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै एमाले जनताको भावनासँगमात्र खेल्ने तर काम नगर्दे गरेको बताए ।
नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको बाम लोकतान्त्रीक गठबन्धनले रैनादेबी छहरा १ सिद्देस्वरमा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । गठबन्धनकाको तर्फबाट गाउपालिका अध्यक्ष पदका उम्मेदवार रुक्मांगद भट्टराई उपाध्यक्षका उम्मेदवार युवराज थापा वडा अध्यक्ष पदका उम्मेदवार सोम बहादुर दर्लामी लगायतले बिकास र समृद्धिको लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । नेकपा माओवादि केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र बिक लगायतले गठबन्धनको जित सुनिश्चित रहेको भन्दै जनताहरुलाई उत्साहजनक रुपमा लागि गठबन्धनका उम्मेदवारलाई मतदान गरि भारी मतले बिजयी गराउन आग्रह गरेको प्रचार प्रसार समितिका उपसंयोजक पदम सोमैले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस