काे हुन्, तानसेनका एमाले उम्मेदवार घिमिरे ?

काे हुन्, तानसेनका एमाले उम्मेदवार घिमिरे ?

पाल्पा, वैशाख २४

कम्युनिष्ट पाटीको राजनितिमा सक्रिय रहेको जुझारु क्रियासिल सामाजिक अभियन्ताको रुपमा चिर परिचित धनेन्द्रराज घिमिरे तानसेन नगरपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको छ । घिमिरे तानसेनलाई स्मार्ट सिटी सहितको पर्यटकीय केन्द्रविन्दु बनाएर सिङ्गो पाल्पा लाई पर्यटकीय जिल्ला बनाउने कार्ययोजना सहित स्थानीय निर्वाचन २०७९ मा नेकपा एमालेको नगर प्रमुखका उम्मेदवार हुनुभएको हो ।

२०३६ साल देखी राजनितिमा सक्रिय रहेका नगर प्रमुखका उम्मेदवार घिमिरेले हाल सम्म राजनितिक लाभको पद नलिई राजनितिक र सामाजिक जिवनमा सक्रिय रहेका सरल स्वभाव, इमान्दार, कर्तव्यनिष्ट, स्वच्छ छवी बनाएका व्यक्ति हुनुहुन्छ । २०३५ साल देखी सक्रिय राजनितिमा होमिएका नगर प्रमुखका उम्मेदवार घिमिरे अहिले पनि नेकपा एमालेको सक्रिय राजनितिमा क्रियासिल रहनुभएको छ । जिल्लाको राजनितिमा इतिहास बनाएका नगर प्रमुखका उम्मेदवार घिमिरे २०५४ सालमा नेकपा एमाले पाल्पा जिल्लाको उप सचिव, २०५५ मा नेकपा एमाले तेस्रो जिल्ला अधिवेशन बाट जिल्ला पाटी प्रमुख, २०५८ चौथो जिल्ला अधिवेशन बाट पुन जिल्ला पाटी प्रमुख, २०६१ देखी २०७८ सम्म नेकपा एमालेको केन्द्रिय लेखा आयोगमा रही काम गर्दै आएको, २०७९ मा नवौ जिल्ला अधिवेशन बाट पुन अध्यक्षमा निर्वाचित भई काम गर्दै अाएका नेता हुन ।
२०३९ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा जिल्ला नेतृत्वमा रही काम गरेको नगर प्रमुखका उम्मेदवार घिमिरे २०४८ सालमा नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय उपाध्यक्ष भई काम गरेको, कर्मचारीहरुको हक हितको विषयमा काम गर्दा तत्काली सरकार बाट कारवाही भई जुम्ला सरुवा गरेपनि निरन्त कर्मचारी आन्दोलमा लाग्दा जागिर बाट नै अवकास पाएका व्यक्ति हुनुहुन्छ ।

नगर प्रमुखका उमेदवार घिमिरे नेपाल प्रगतिशिल प्राध्यापक संगठनको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा २०५२ देखी ५८ सम्म अध्यक्ष, सोही अवधीमा नेपाल बुद्धिजिवी परिषदको जिल्ला अध्यक्ष र त्रिभुवन क्याम्पसको व्यबस्थापन समितीको सदस्य, जिल्ला शिक्षा समितीको सदस्य, नेपाल रेडक्रस सोसाईटी पाल्पाको सदस्य भई काम गरेका अनुभवी व्यक्ति हुन ।
पञ्चायत तथा निरङकुशता विरोधी आन्दोलनमा हिरासत, यातना र जेल जिवन विताएका व्यक्ति हुन २०७९ सालको स्थानीय तह निर्वाचनको तानसेन नगर प्रमुखका उम्मेदवार धनेन्द्रराज घिमिरे । घिमिरे २०३६ सालको पञ्चायत विरोधी आन्दोलनमा प्रहरीको धरपकडमा गिरफ्तार भए । २०४२ सालमा पुन पञ्चायत विरोधी आन्दोलनमा होमिदा तानसेन नगर प्रमुखका उम्मेदवार घिमिरे हिरासत हुदै पाल्पा जेलमा परे । पाल्पामा जेलमा समेत घिमिरेले जेल सुधार आन्दोलन चलाए । पाल्पामा जेल सुधारको आन्दोलन चर्काएका बन्दि घिमिरे कपिलबस्तु सरुवा भए । घिमिरे पाल्पा र कपिलबस्तु गरी ६ महिना जेल जिवन विताएका सर्घषशिल व्यक्ति हुन । नगर प्रमुख उम्मेदवार घिमिरेले तानसेनको बसाई सराई नियन्त्रण गरी बाहिरी जिल्ला बाट तानसेनमा बसाई सराई भित्राई पर्यटकीय हवको रुपमा विकास गर्ने प्रतिवद्धता सहित जनताको घरदैलोमा पुगेका छन । एमाले तानसेनका उम्मेदवारहरुले नगर सरकारले संचालन गरेका सबै किसिमका महत्वपुर्ण योजना लाई निरन्तरता दिई समयमै पुरा गर्ने प्रतिवद्धता गरेका छन ।

एमाले तानसेनको घोषणा
एमाले उम्मेदवारहरुले तानसेनका १४ वटै वडाबाट अधिकतम सेवा प्रदान गरी नागरिक लाई घरदैलो सेवा प्रदान गर्ने जनाएका छन् ।
वडाबाटै योजना सम्झौता, अनुगमन मुल्याङकन तथा बजेट निकास गर्ने, कृषि उत्पादन बढाउन, सबै किसिमका कृषि उत्पादनमा अनुदानको व्यबस्था गर्ने, श्रीनगर डाडामा सेनकालीन ऐतिहासिक दरवार पुननिर्माण गर्ने, ठाउ ठाउमा सुन्दर पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने जनाएका हुन् ।
पाल्पा दरवार संग्रहालय परिसर बढाई पर्यटकीय पुर्वाधार विकास गरी आर्कषक मनोरम केन्द्र बनाउने, तानसेनको पुरानो बजार क्षेत्र नारायणस्थान, शितलपाटी, वसन्तपुर, सिल्खान टक्सार टोलका घरहरु निर्माण गर्दा अगाडीको भाग पुरानै शैलिमा निर्माणको व्यबस्था मिलाउने, यस क्षेत्रमा ठुला सवारी साधन निषेध गरी दर्शकीय पर्यटन क्षेत्रको रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

एमाले तानसेन घोषणापत्रमा तानसेनको भगवतीजात्रा लाई राष्ट्रिय पर्वको रुपमा मनाउने र सरकार प्रमुख वा राष्ट्रप्रमुख बाट अवलोकन गर्ने परम्परा चलाउने, माडी, दकमडा, मदनपोखरा क्षेत्रमा पर्यापर्यटनको विकास गरी घर घरमै रोजगारी अभियान चलाउने, रिडी रानीघाट क्षेत्रमा जलपर्यटनको विकास गर्ने, तानसेन ७ कुन्सरेमा चिडियाखाना र वन्यजन्तु पार्क निर्माण गर्ने, मदनपोखरा, अर्गली छेरलुङ लाई कृषि पकेट, बराङ्दी क्षेत्र लाई मौरीपालन पकेट बनाउने समेत उल्लेख छ ।
बौघापोखराथोक, बौघागुम्वा र मदनपोखरा छाप लाई दुग्ध उत्पादन पकेट क्षेत्र र बन्दिपोखरा लाई सुन्तला तथा फलफुल पकेटको रुपमा विकास गर्ने, ढाकाको राजधानी पाल्पा लाई उत्सवको रुपमा मनाउने, सोही अनुसार ढाका उधोग स्थापना देखी विशेष सहुलियतको व्यबस्था गरी हजारौ व्यक्तिहरु लाई रोजगारी प्रदानको लागी आवश्यक समन्वय सहयोग गर्ने जनाएको छ ।
यसैगरी एमाले घोषणापत्रमा गुणस्तरीय शिक्षाको लागी सामुदायिक विधालयहरु आवासिय विधालयको रुपमा विकास गर्ने, कक्षा ८ सम्मका वालवालिका लाई विधालयमै दिवा खाजा व्यबस्था गर्ने, त्रिभुवन बहुमुखी क्याम्पस लाई प्राज्ञिक उन्नयन केन्द्रको रुपमा विकास गर्ने, प्रत्येक माध्यमिक विधालयमा एक स्वास्थ्यकर्मी र एक खेल शिक्षकको व्यबस्था गर्ने नेकपा एमाले तानसेन नगर कमिटीले घोषणापत्र मार्फत मतदाता समक्ष प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस