बौदीकाली गाउँपालिकाको विकासका लागि मेरो उम्मेदवारीः केबि राना

बौदीकाली गाउँपालिकाको विकासका लागि मेरो उम्मेदवारीः केबि राना

सुशीला रेग्मी
रामपुर (पाल्पा), २३ वैशाख

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढेको छ । यतिबेला विभिन्न दलका उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । गाउँका विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विभिन्न योजनाहरु लिएर उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । नवलपरासी सुस्ता पूर्व रहेको बौदिकाली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट युवा केबि राना (खडक्बहादुर राना) को उम्मेदवारीले मतदाता उत्साहित बनेका छन् । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा लाग्नुभएका रानाको उम्मेदवारीले गाउँ, टोलमा चर्चा निकै छ । बौदीकाली गाउँपालिकाको समग्र विकासका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ ।
भौगोलिक हिसावले विकट पहाडी भेगमा रहेको बौदीकाली गाउँपालिकामा युवा उम्मेदवार राना यतिखेर जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ । उहाँको उम्मेदवारीले युवा देखि ज्येष्ठ नागरिकहरुमा खुशियाली छाएको छ । नयाँ सोँच भएका जुझारु युवा उम्मेदवार पाउँदा यहाँका स्थानीयहरु उहाँलाई मतदान गर्न आतुर छन् । पहाडी क्षेत्र भएकाले गाउँको विकासका लागि युवा नेतृत्वको खाँचो छ ।
आधारभुत स्वास्थ्य सुबिधा, प्राविधिक शिक्षा, युवालाई गाउँमै स्वरोजगार, गरिव विपन्न वर्गका नागरिकका लागि माथि उकास्ने खालका कार्यक्रम, पिछडीएका वर्ग, महिला, दलितलाई आयमुलक कार्यक्रम, कृषिमा आधुनिकीकरण, सडक स्तरोन्नती, धार्मिक सम्पदाको संरक्षण, पर्यटकलाई लक्षित गरी विभिन्न ठाउँमा घरबास कार्यक्रम लगायतका विभिन्न सङ्कल्प ल्याउनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “बौदीकाली पहाडी क्षेत्र रहेकाले यहाँको विकासका लागि मैले उम्मेदवारी दिएको छु, पालिकाको अध्यक्षमा विजयी भए पश्चात् शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, कृषि, महिला, बालबालिका लगायत क्षेत्रमा मेरो प्राथमिकता रहनेछ” ।
पालिकामा पाँच वर्षमा भए गरेका अधुरा कामलाई पुरा गर्दै जनताको मन जितेर काम गर्ने गाउँपालिकाका आशा र भरोसाका सबैका केन्दबिन्दु राना बताउनुहुन्छ । मतदाताहरुको सुझाव संकलन गदै गाउंको मुख्य समस्यालाई सम्बोधन गर्ने र स्थानीयको चहाना अनुरुप आफु अगाढी बढ्ने सङ्कल्पका साथ चुनावी मैदानमा हुनुहुन्छ । पालिकाको मुहार फेर्नका लागि नेपाली काँंग्रेसका अध्यक्ष, उपाध्यक्ष र सम्पूर्ण वडा अध्यक्ष, सदस्यका उम्मेदवारलाई रुख चिन्हमा मतदान गरी विजयी गराउन उहाँको अपिल छ ।

प्रतिक्रिया दिनुहोस