चर्चरेमा जिप दूर्घटना,एकको मृत्यु दुई घाइते

चर्चरेमा जिप दूर्घटना,एकको मृत्यु दुई घाइते

पाल्पा,बैशाख २१
पाल्पामा बोलेरो जिप दूर्घटना हुदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउसो करिब पौने पाँच बजेको समयमा बुटवलबाट रामपुर तर्फ आउदै गरेको लु १ च ७७८० नम्बर डवल क्याप बोलेरो जिप पाल्पाको तिनाउ गाउँपालिका ५ चर्चरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दूर्घटनामा परि जिप धनी रामपुर नगरपालिका ३ बस्ने बर्ष ४३ का सुर्यप्रसाद श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते हुनेहरुमा जिप चालक निस्दी गाउँपालिका ४ का २७ बर्षिय खेम बहादुर खाम्चा र रामपुर नगरपालिका ३ बस्ने बर्ष ४६ का टुक नारायण श्रेष्ठ रहेका छन् । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ३ सय मीटर तल खोलामा खसेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस