शैक्षिक र सामाजिक व्यक्तित्व सन्तोष थापाको माथागढीमा पून उम्मेदवारी कीन?

शैक्षिक र सामाजिक व्यक्तित्व सन्तोष थापाको माथागढीमा पून उम्मेदवारी कीन?

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट समाजशास्त्र तथा मानवशास्त्र र ईपिएममा स्नातकोत्तर तह उत्तिर्ण शैक्षिक व्यक्तित्व सन्तोष थापा मगर वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि माथागढी गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा गाउँपालिका र सम्पूर्ण वडामा अरु दललाई क्लिन स्वीप गरि नेपाली कांग्रेसका तर्फबाट विजयी बन्नुुभएका सन्तोष थापा मगर २०७९ सालको स्थानीय निर्वाचनमा पनि माथागढी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनी जिल्लामै विजयी शैक्षिक र शालिन छवि भएका व्यक्तिका रुपमा परिचित छन् ।
माथागढी गाउँपालिकाको रहबासमा वि.स. २०४० कार्तिक १० गते जन्मिनुभएका थापा पत्रकारिता र व्यापार क्षेत्रबाट राजनीतिमा उदाएका व्यक्ति हुनुहुन्छ । उहाँ सरल र सहज स्वभावका युवा नेता भएकै कारण नेपाली कांग्रेस पाल्पाको सचिवका रुपमा समेत कार्य गरेका व्यक्ति हुन् ।
२०५४ सालदेखि नेपाल विद्यार्थी संघको सदस्यबाट राजनीतिक यात्रा सुरु गर्नुभएका थापाले नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघ पाल्पाको सचिव हुँदै १२ औं महाधिवेशनबाट नेपाली काँग्रेस क्षेत्र नं.१ पाल्पाको सभापति भए । पार्टीमा क्रियाशिल भएकै कारण थापा १३ औ महाधिवेशनबाट पुनः क्षेत्रिय सभापति बने । सबैका प्रिय र प्रभावकारी युवा नेताका रुपमा छवि बनाएका थापा १४ औं महाधिवेशनमा नेपाली काँग्रेस पाल्पाको सचिवमा विजयी भएका थिए ।
३४ वर्षको उमेरमा माथागढी गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हाली कुशलता प्रदर्शन गरेका थापा यसपटकको निर्वाचनमा गठबन्धनको प्रतिनिधित्व गर्दै अध्यक्षमा उम्मेदवार बनेका हुन् । मगर समुदायको बाहुल्यता रहेको माथागढी विकासका मार्गहरु कोर्न सफल भएको थापा बताउँछन् । कोरोना महामारीका बेला जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका थापाले गाउँपालिकाका सबै बडामा सुविधासम्पन्न स्वास्थ्य चौकीहरु निर्माण गरे । जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गरेका उनले शिक्षाको गुरुयोजना समेत निर्माण गरेका छन् । थापाकै नेतृत्वमा ४ हजार विपन्न घरपरिवारका लागि ४० करोडको स्वास्थ्य बिमा समेत गरिएको छ । उनले पालिकाका कृषकलाई व्यवसायिक कृषिमा जोड्ने काम गरे । थापाले ४० वटा ऐन तथा कानुनहरु समेत निर्माण गरेर कार्यान्वयनमा ल्याउन सफल भए ।

पाँच वर्षका महत्वपूर्ण काम गरेको र केही कामको सुरुवात भएको भन्दै त्यसलाई पूरा गर्न आफ्नो उम्मेदवारी भएको थापाले बताए । कृषि र पशुपालनलाई जीविकोपार्जन तथा प्रमुख आयआर्जनको रुपमा रुपान्तरण गर्ने, सहज सेवा प्रवाह, सुशासन र नागरिक हितको रक्षा गर्ने,सर्वशुलभ स्वास्थ्य सेवा, घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका थापा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट पालिका अध्यक्ष पदका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस