राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि गठबन्धनः कांग्रेस सभापति श्रेष्ठ

राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि गठबन्धनः कांग्रेस सभापति श्रेष्ठ

पाल्पा, वैशाख १८

नेपालमा सुशासन, राजनीतिक स्थीरता र समृद्दिका लागि गठबन्धन गरिएकाे नेपाली कांग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठले बताएका छन् । पाल्पाकाे वगनाशकाली गाउँपालिका ३ काे नायरनम्तलेसमा भएकाे कार्यक्रममा बाेल्दै सभापति श्रेष्ठले सन्तुलित राजनीतिक निकास र देशकाे विकासका लागि गठबन्धन गरिएकाे बताएका हुन् । उनले केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको भन्दै त्यसको संरक्षणका लागि काँग्रेस सहितको गठबन्धनलाई विजयी बनाउन आग्रह गरे ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सत्ता गठबन्धन दलहरु कस्सिएका छन् । उनीहरुले ठाउँ ठाउँमा चुनावी सभादेखि घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् । उम्मेदवारहरुलाई सँगै लिएर मतदाताको घर घरमा पुेगको गठबन्धन दलले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवाहरुलाई मतदान गर्न आग्रह गर्दै हिडेका छन् ।

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य यादवबहादुर रायमाझीले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सबैलाई आग्रह गरे ।

नेकपा माओवादीका जिल्ला इञ्चार्ज नेत्रप्रसाद पाण्डेले गठबन्धन ओलीको सर्वसत्तावादका विरुद्ध निर्माण भएकाले मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउनु अहिलेको आवश्यकता रहेको औल्याए । प्रचार–प्रसार संयोजक माधव नेपालले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै मतदाताहरुलाई आग्रह गरे । कार्यक्रममा महासमिति सदस्य दुर्गा रायमाझी, नेपाली काँग्रसकोतर्फबाटपालिका अध्यक्षमा उम्मेदवारी दिएकी सुनिता अधिकारी, उपाध्यक्षमा एकिकृत समाजवादीबाट उम्मेदवार दिएका कमल पाण्डे,वडा अध्यक्षका उम्मेदवार उदय घिमिरे लगायतले पालिकाको समृद्धि र विकासका लागि आफुहरुलाई मत दिन आग्रह गरे ।

नायरनम्तलेसमा भएकाे कार्यक्रममा गठबन्धनका तर्फबाट वगनाशकालीमा अध्यक्ष उम्मेदवार बनेकी नेपाली कांग्रेस पाल्पाकी सचिव सुनिता अधिकारीले नायर एक पर्यटकीय स्थलका रूपमा विकासकाे सम्भावना बाेकेकाे क्षेत्रलाइ थप व्यवस्थापन गरि हाेम स्टे स्थापना गर्ने प्रतिवद्दता व्यक्त गरिन् । यस्तै नेकपा समाजवादी पाल्पाका अध्यक्ष तथा वगनाशकाली गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार कलम पाण्डेले नेकपा एमालेले देशलाइ दुर्घटनातर्फ लगेकाे अाराेप लगाउँदै अब राजनीतिक दलहरू मिलेर देशलाइ समुन्नत बनाउने समय अाएकाे बताए ।

पूर्वखोला गाउँपालिकामा पनि चुनावी सभा भएको छ । त्यहाँ नेकपा एकिकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य सोमप्रसाद पाण्डे,राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, सविधान सभा सदस्य लीला सारु, नेपाली काँग्रेसका महासमिति सदस्य सन्दीप राना, नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर लगायतले पालिकाको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरे ।

जिल्लाका तिनाउ गाउँपालिका ,माथागढी गाउँपालिका, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, तानसेन नगरपालिका, रम्भा गाउँपालिका,निस्दी गाउँपालिका, रिब्दीकोट गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरु घरदैलोमै व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस