पूर्वखाेला गाउँपालिकामा एमालेका २ वडा सदस्य निर्विरोध

पूर्वखाेला गाउँपालिकामा एमालेका २ वडा सदस्य निर्विरोध

पाल्पा, वैशाख १३

पूर्वखोला गाउँपालिकामा नेकपा एमाले बाट उम्मेद्वारी दिएका २ जना वडा सदस्य निर्विरोध चयन हुने भएको छ । वडामा एकल उम्मेदवारी परे पछि निर्विरोध चयन हुने भएका हुन् । वैशाख ११ र १२ मा भएको मनोनयन दर्तामा वडा नं. २ को महिला सदस्यमा भिमीसरा आले र वडा नं. ५ को दलित महिला सदस्यमा पार्वती हिताङ्ग सार्कीको एकल उम्मेदवारी परे पछि निर्विरोध चयन हुने भएको निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिनुभयो ।

पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको छ । पालिका अध्यक्षका लागि नेकपा एमाले बाट नुन बहादुर थापा, गठबन्धनको तर्फ बाट नेकपा एकिकृत समाजवादीका मिन प्रसाद गिरी, मंगोल नेशनल अर्गनाईजेसनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिन कुमार सारुले उम्मेदवारी दिनु भएको हो । त्यस्तै उपप्रमुखमा नेकपा एमाले बाट भागीरथी शर्मा भट्टराई र गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले मनोनय दर्ता गरेका हुन् ।

६ वटा वडाका अध्यक्षको लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वखोला गाउँपालिकामा वडा नं. १ को अध्यक्षमा एमाले बाट गिरीमान आले र गठबन्धनको तर्फ बाट कांग्रेसका चुन बहादुर थापा, वडा नं. २ को अध्यक्षमा एमाले बाट निर बहादुर सारु गठबन्धन बाट नेपाली कांग्रेसका गोपाल राना र मंगोल नेशनल अर्गनाईजेशन बाट बालकृष्ण आले, वडा नं. ३ को अध्यक्षमा एमाले बाट कृष्ण प्रसाद भट्टराई, गठबन्धनमा कांग्रेस बाट उमान सिं सुनारी मगर र राष्ट्रिय जनमोर्चा बाट पूर्ण बहादुर फाल, वडा नं. ४ को अध्यक्षमा एमाले बाट मेहर सिं थापा, गठबन्धनमा कांग्रेस बाट मेहर सिं थापा, मंगोल नेशनल अर्गनाईजेशन बाट योजना दर्लामी, वडा नं. ५ मा एमाले बाट विष्णु कुमार पल्ली र गठबन्धनमा माओवादी केन्द्र बाट दल बहादुर काम्मु, वडा नं. ६ मा एमाले बाट धन बहादुर घर्ती र गठबन्धनमा कांग्रेस बाट झम बहादुर घर्तीको उम्मेदवारी दर्ता भएको हाे र

प्रत्येक वडाको १/१ जना दलित महिला सदस्यको लागि ११ जना र महिला सदस्यको लागि ११ जना र खुल्ल वडा सदस्य २/२ जनाको लागि २९ जनाको उम्मेदवारी परेको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस