पाल्पाका १० पालिका ८१ वडाका गठबन्धनका यी हुन् उम्मेदवार

पाल्पाका १० पालिका ८१ वडाका गठबन्धनका यी हुन् उम्मेदवार

पाल्पा, वैशाख १३
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।
तानसेन नगरपालिका
पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली काङ्ग्रेस पाल्पाको पाटी कार्यालयबाट र्याली शुरू गरि तानसेन नगरपालिकाको मेयर पदका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपमेयरमा नेकपा माओबादी केन्द्रकि प्रतिक्षा सिङ्जालीले मनोनयन दर्ता गर्नु भएको छ ।
वडा अध्यक्षहरूमा वडा न १ मा सुनिल कुमार बस्याल, वडा न २ मा महेश्वर श्रेष्ठ, वडा न ३ मा बाबुरत्न शाक्य, वडा न ४ मा हेमन्त राज शाक्य, वडा न ५ मा राम बहादुर रावल, वडा न ६ मा सागर मान महर्जन, वडा न ७ मा प्रदिप खनाल, वडा न ८ मा मोहन कार्की, वडा न ९ मा मीन प्रसाद बन्जाडे, वडा न १० मा सुरेश बोहोरा, वडा न ११ मा यादब सिं कार्की, वडा न १२ मा मेजर सिं केसी, वडा न १३ मा टुक प्रसाद भट्टराई र वडा न १४ मा दधिराम न्यौपानेले मनोनयन दर्ता गर्नु भएको तानसेन नगरकमिटिका सभापति सुवर्ण मुनि शाक्यले बताए ।

रामपुर नगरपालिकाः रामपुर नगरपालिकामा नेपाली कांग्रेसले उत्साहका साथ मनोनयन दर्ता गरेको छ । कांग्रेसले पञ्चे बाजा र ¥याली सहित उम्मेदवारी दर्ता गराएको हो । मनोनयन दर्ताको लागि नेता, कार्यकर्ता तथा शुभेच्छुक हजारौंको सहभागीता रहेको थियो ।
कांग्रेसको तर्फ बाट नगर प्रमुख रमण बहादुर थापा, उप–प्रमुखमा बालकुमारी थापाको मनोनयन दर्ता गराएको हो । वडा अध्यक्षमा कांग्रेस बाट वडा नं. १ को वडामा कपिल बहादुर खाँण, वडा नं. २ मा कृष्ण बहादुर दर्जी, वडा नं. ३ मा उमनाथ अर्याल, वडा नं. २ मा राम बहादुर राना, वडा नं.५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं. ६ मा दिवाकर देवकोटा, वडा नं. ७ मा दोवराज तिवारी, वडा नं. ८ मा मोहन श्रेष्ठ, वडा नं. ९ मा डिल बहादुर राना र वडा नं. १० मा विजय रानाले मनोनयन दर्ता गराएको छ ।

माथागढी गाउँपालिकाः गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सन्तोष कुमार थापाले अध्यक्ष र उपाध्यक्षमा विजया भट्टराईले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी वडा नं १ को वडा अध्यक्षमा महेन्द्र जि.सी वडा नं २ को अध्यक्षमा जनक रिजेल, वडा नं ३ को अध्यक्षमा दिपक थापा, वडा नंं. ४ को अध्यक्षमा मधु पराजुली, वडा नं. ५ को अध्यक्षमा गणेशजङ गाहा, वडा नं. ६ को अध्यक्षमा युब बहादुर ठाडा, वडा नं. ७ को अध्यक्षमा जगबहादुर दर्लामी र वडा नं. ८ को अध्यक्षमा दिलबहादुर ढेगाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्न आउने कार्यकर्ताहरुले बाजागाजा सहित उम्मेदवारहरुलाई निर्वाचन कार्यालय पु¥याएका थिए ।

रैनादेवी छहरा गाउँपालिकाः गठबन्धन दलले उत्साहजन रुपमा उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसको भागमा परेको पालिका अध्यक्षमा रुक्मागत भट्टराईले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै वडा नं. १ को अध्यक्षमा सोम बहादुर दर्लामी , २ को अध्यक्षमा दान बहादुर पौडेल ,३ को अध्यक्षमा प्रदिप पौडेल ४ को अध्यक्षमा लक्ष्मण रायमाझी, ५ को अध्यक्षमा हुमान सिंह कार्की ६ को अध्यक्षमा डोम बहादुर घर्ती ,७ को अध्यक्षमा देबेन्द्र पुन र वडा नं. ८ को अध्यक्षमा थमन बहादुर रानाले उम्मेदवारी दर्ता गराएका छ्न । उम्मेदवारी दर्ता गराएका मध्ये वडा नंबर १ र ३ मा माओवादी केन्द्रका उम्मेदवार हुन ।
यस्तै रम्भा गाउँपालिकाः नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्ष पदमा बिष्णु थापाले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनमा आवद्ध दलका तर्फबाट गाउँपालिका अध्यक्षमा भने नेकपा समाजवादीका उम्म्ेदवार दुर्गा प्रसाद अधिकारीले मनोनयन दर्ता गरे । यहाँ वडा नं. १ को वडा अध्यक्षमा इश्वर काफ्ले, वडा नं. २ को वडा अध्यक्षमा रमेश पछाई, वडा नं. ३ को वडा अध्यक्षमा थम्मनबहादुर गाहा, वडा नं. ४ को वडा अध्यक्षमा चेत नारायणश्रेष्ठ र वडा नं. ५ को वडा अध्यक्षमा बिष्णु बहादुर काम्मु थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।

बगनाशकाली गाउँपालिकाः आसन्न स्थानीय तह निर्वाचनको लागि सत्ता गठबन्धनबाट गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसबाट सुनिता अधिकारीले उमेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी उपाध्यक्षमा एकिकृत समाजवादीबाट कमल पाण्डेले उमेदवारी दर्ता गराउनुभएको छ ।
आज भएको उमेदवारी दर्तामा बगनासकाली वडा नं. १ चिर्तुङधाराको लागि वडा अध्यक्षमा नेपाली काँग्रेसबाट शेर बहादुर चिदी सदस्यहरुमा मान बहादुर सोमै र सुरेन्द्र थापा, महिला सदस्यमा विष्णु चिदी र दलित महिला सदस्यमा राधा शार्कीले मनोनयन दर्ता गराउनुभएको छ ।
त्यसैगरी सत्ता गठबन्धनबाटै वडा नं. २ पोखराथोकमा अध्यक्ष खुम बहादुर कुमाल, वडा नं. ३ नायरनमतलेसमा अध्यक्षमा उदयराज घिमिरे सदस्यहरुमा विरेन्द्र कुमार श्रेष्ठ र टुक बहादुर थापा बाकावल, महिला सदस्यमा तिकिसरा पाण्डे र दलित महिला सदस्यमा विष्णु वि.क.ले उमेदवारी दर्ता गराउनुभएको छ ।
वडा नं. ४ खानिछापमा हुतमान सिं दर्लामी वडा अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ । त्यसैगरी वडा नं. ५ दर्लमडाडामा धिरज गाहा वडा अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी वडा नं. ६ यम्घामा अध्यक्षमा लक्ष्मी प्रसाद अधिकारी सदस्यहरुमा रम्भा वि.क., राजेन्द्र बस्याल, गिनु बराल, दिनानाथ बस्यालले उमेदवारी दर्ता गराउनुभएको छ । वडा नं. ७ खानिगाउँमा अध्यक्षमा राम बहादुर साठीघरे सदस्यहरुमा रीता भट्टराई, तारा बहादुर राना, डिल बहादुर मिधुन र सुकमाया कामीले उमेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै वडा नं. ८ बराङ्दीमा अध्यक्षमा मिन प्रसाद न्यौपाने सदस्यहरुमा भगवती देवी घिमिरे, कृष्ण बस्याल, सावित्रा वि.क. र नेत्र प्रसाद बस्यालले उमेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै वडा नं. ९ चापपानीमा अध्यक्षमा ठानेश्वर तिमिल्सेना सदस्यहरुमा यमलाल तिमिल्सेना, कृष्ण भुसाल, शान्ता दर्नालले उमेदवारी दर्ता गराउनुभएको छ ।

रिब्दीकोट गाउँपालिकाः रिब्दिकोट गाउपालिका पाल्पामा नेकपा एमालेको तर्फबाट पुरानै गाउपालिका अध्यक्ष नारायण बहादुर जिसी र उपाध्यक्ष लक्ष्मी खनालको उम्मेद्बारी परेको छ । गठबन्धनबाट अध्यक्षमा नारायण बहादुर कार्की माओवादी केन्द्रबाट कान्ता अधिकारी नेपाली काङ्ग्रेसबाट उम्मेद्बारी दिनुभएको ।
नेकपा एमालेबाट वडा १ अध्यक्षमा चिरन्जिबी पोखेरल २ को अध्यक्षमा सेरबहादुर राना वार्ड न ३ को अध्यक्ष नारायण बहादुर भाट वार्ड न ४ को अध्यक्षमा तेज बहादुर पोख्रेल वार्ड न ५ को अध्यक्षमा कृष्णबहादुर थापा वार्ड न ६ को अध्यक्षमा तुल बहादुर जिसी वार्ड न ७ को अध्यक्षमा चन्द्र बहादुर कुवर र वार्ड न ८ को अध्यक्षमा चक्र बहादुर कुवरको उम्मेद्बारी दर्ता भएको छ । त्यस्तै गठबन्धनको तर्फबाट वार्ड न १ मा नेपाली काङ्ग्रेसका रामचन्द्र पाण्डे वार्ड न २ र ३ मा क्रमशः नेपाली काङ्ग्रेसका ओम प्रसाद पोखरेल,नारायण बहादुर केसी वार्ड न ४ मा जनमोर्चाका सोम कुमार कार्की वार्ड न ५ मा काङ्ग्रेसका मन बहादुर अस्लामी वार्ड न ६ मा माओवादी केन्द्रका प्रकाश रायमाझी त्यस्तै वार्ड न ७ मा माओवादी केन्द्रका नारायण बहादुर कुवरले उम्मेद्बारी दिनुभएको छ । वार्ड न ८ मा माओवादी केन्द्रका नारायण लाम्टागे र काङ्ग्रेसका चुरा बहादुर छ्हरीले अध्यक्ष पदमा उम्मेद्बारी दिनुभएको छ ।

पूर्वखोला गाउँपालिका
स्थानिय तह निर्वाचनका लागी पूर्बखोला गाँउपालिका पाल्पामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा एकिकृत समाजवादीका मिन प्रसाद गिरी र उपाध्यक्षमा कांग्रेसको तर्फ बाट बिष्णु कुमारी आचार्यले मनोनयन दर्ता गराउनु भएको छ । पूर्वखोला गाउँपालिकाको ६ वडा मध्ये ५ वटामा नेपाली कांग्रेसका र एउटा वडामा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षमा मनोनयन दर्ता गरेको छ । पूर्वखोला १ मा नेपाली काँग्रेसका चुन बहादुर थापा , वडा नं. २ मा काँग्रेसका गोपाल राना , वडा नं. ३ मा उमान सिं सुनारी, वडा नं ४ मा नबराज श्रेष्ठ, वडा नं. ६ मा झम बहादुर सारुले वडा अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गरेको छ भने वडा नं ५ मा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षमा मनोनयन दर्ता गराएको छ ।

निस्दी गाउँपालिका
पाल्पा, कांग्रेस सहितको गठबन्धनले निस्दी गाउँपालिकामा मनोनयन दर्ता गराएको छ । गठबन्धनको तर्फ बाट अध्यक्षमा कांग्रेसका गोपाल अर्याल र उपप्रमुखमा माओवादी केन्द्रका रामप्रसाद खत्रीले उपाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको हो ।
कांग्रेसले वडा नं. १ को वडा अध्यक्ष पुर्ण बहादुर खाँण, सदस्य टोप बहादुर राना, नेत्र जिसी, महिला सदस्यमा घनीमाया राना र दलित महिला सदस्यमा लक्ष्मी नेपालीको उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै वडा नं. २ को वडा अध्यक्षमा यम बहादुर मश्राङ्गी, खुल्ला सदस्यमा चुम बहादुर राना, मंगल राना, महिला सदस्यमा ममता पुलामी र दलित महिला सदस्यमा रिमा सार्की, वडा नं. ३ को अध्यक्ष धन बहादुर खण्डलुक, खुल्ला सदस्यमा ओम बहादुर सोमै, किसान बहादुर सारु, महिला सदस्यमा धनमायाँ खरु, दलित महिला सदस्यमा तिल कुमारी वि.क., वडा नं. ४ मा अध्यक्षमा माओवादीका भुपिन्द्र सुनारी, खुल्ला सदस्यमा कांग्रेसका अलङवीर सुनारी, माओवादीका मोतिराम सुनारी, महिला सदस्यमा माओवादीका सीता सोती, दलित महिला सदस्यमा कांग्रेसको पार्वती सार्की, वडा नं. ५ को वडा अध्यक्षमा माओवादीका कालुराम सारु, खुल्ला सदस्यमा कांग्रेसको हेम बहादुर पचभैया, यम बहादुर खण्डलुक, महिला सदस्यमा माओवादीको दिल माया ठाडा र दलित महिला सदस्यमा कांग्रेसको बालकुमारी नेपाली, वडा नं. ६ को अध्यक्षमा गगन खन्गाहा, खुल्लामा कुम्भ सिं राना, मिन बहादुर राना र महिल सदस्य दिपिका खन्गाहा, वडा नं. ७ को अध्यक्षमा मोहन राक्से, खुल्ला सदस्यमा रास बहादुर सोमै, टिकाराम दर्लामी, महिला सदस्यमा धनमाया सोमै, दलित महिला सदस्यमा गुनिसरा वि.क.को मनोनयन दर्ता गराएको हो ।

तिनाउँ गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा माओवादीका राजेश श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसका लालबहादुर थापाले उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि तिनाउँ गाउँपालिका १ मा हस्त बहादुर रास्कोटी, वडा नं. ३ मा चित्र बहादुर थापा, वडा नं. ४ अध्यक्षमा नेपाली कांग्रेसबाट देव सिं दर्लामी र वडा नं. ६ मा टोमबहादुर पुन, माओवादी केन्द्रबाट वडा नं. २ मा दिनेश घर्ती क्षेत्री, वडा नं. ५ मा गणेश बहादुर रास्कोटीले उम्मेदवारी दर्ता गरेका छन् ।

यता नेकपा एमाले पाल्पाका उम्मेदवारहरूले पनि मनानयन दर्ता गराएका छन् । नेएमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका छन् । उप–प्रमुखमा यसअघिकी कार्यपालिका सदस्य शशि श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

रामपुर नगरपालिकामा अधिवक्ता शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाएको छ । उप–प्रमुखमा भने २०७४ कै उम्मेदवार बनाएकाे छ । निस्दी गाउँपालिकामा पुरानै अनुहार मुक्तबहादुर सारुलाई अध्यक्ष र उपाध्यक्षमा नयाँ अनुहार तीरण श्रेष्ठलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।

पूर्वखोला गाउँपालिकामा पुरानै जनप्रतिनिधि नुनबहादुर थापा र भागिरथी भट्टराईलाई उम्मेदवार बनाएको छ । रम्भामा पनि यसअघि अध्यक्ष र उपाध्यक्ष भएका विष्णुप्रसाद भण्डारी र राधादेवी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती दर्लामी चिदी र उपाध्यक्षमा हरि पाठकलाई उम्मेदवार बनाएको छ । चिदी यसअघिकी उपाध्यक्ष हुन् ।

तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा रानालाई उम्मेदवार बनाएको छ । माथागढीमा अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङ्चेलाई उम्मेदवार टुंग्याएको छ । रिब्दीकोटमा पुरानै अनुहार अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाल र रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस