नेपाली काङ्ग्रेसको नेतृत्वमा गठबन्धनबाट रैनादेबी छहरामा उम्मेदवारी दर्ता

नेपाली काङ्ग्रेसको नेतृत्वमा गठबन्धनबाट रैनादेबी छहरामा उम्मेदवारी दर्ता

पाल्पा, वैशाख १२

दिपक पाेखरेल

गठबन्धनद्धारा रैनादेबी छहरामा उम्मेदवारी दर्ता नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको गठबन्धनले रैनादेबी छहरा गाउपालिकामा उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनको तर्फबाट गाउपालिका अध्यक्षमा रुक्मागद भट्टराई उपाध्यक्षमा माओवादी केन्द्रका युवराज थापाले उम्मेदवारी दर्ता गरेका हुन ।

वडा नंबर १ मा सोम बहादुर दर्लामी , २ मा दान बहादुर पौडेल ,३ मा प्रदिप पौडेल ४ मा लक्ष्मण रायमाझी, ५ मा हुमान सिंह कार्की ६ मा डोम बहादुर घर्ती ,७ मा देबेन्द्र पुन र वडा नंबरमा ८ मा थमन बहादुर रानाले उम्मेदवारी दर्ता गराएका छ्न । उम्मेदवारी दर्ता गराएका मध्ये वडा नंबर १ र ३ मा माओवादी केन्द्रका उम्मेदवार हुन अन्य वडाका नेपाली काङ्ग्रेसका उम्मेदवार हुन ।

प्रतिक्रिया दिनुहोस