निस्दीका एमाले नेता पाटाकाे अध्यक्षमा स्वतन्त्र उम्मेदवारी

निस्दीका एमाले नेता पाटाकाे अध्यक्षमा स्वतन्त्र उम्मेदवारी

पाल्पा, वैशाख १२

पाल्पाकाे निस्दी गाउँपालिकामा दमन सिंह थापा पाटाले गाउँपालिका अध्यक्षमा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य एवं निस्दी इन्चार्ज हुन् ।

स्थानीय तहको निर्वाचनमा पालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका पाटाले नेकपा एमालेमा इमान र याेगदानलाइ कदर गर्न छाडिएकाे भन्दै उम्मेदवारी दिएकाे बताए । नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षमा टिकट नपाएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस