इसेवाले थप विशेषता सहित क्षेत्र बिस्तार गर्दै

इसेवाले थप विशेषता सहित क्षेत्र बिस्तार गर्दै

पाल्पा, वैशाख १०

ई–सेवाको आयोजनमा डिजिटाईजिङ्ग नेपाल अन्तर्गत तालिम तथा एजेन्ट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इसेवाकाे ईन्टरनेश्नल टिकट, जिवन विमा, रेमिट्यान्स सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा ई–सेवा लुम्बिनी प्रदेश प्रमुख कमल सापकोटाले प्रशिक्षण दिंदै ई–सेवा जस्तो प्रविधि युक्त बहुउपयोगी ब्राण्डको भरपुर प्रयोग गर्न आग्रह गर्नुभयो । ई–सेवाका नेपाल भर १ लाख ५० हजार बढि एजेन्ट भएको र ५० लाख बढि प्रयोगकर्ता रहेको पनि कार्यक्रममा जानकारी गराईएको थियो । साथै ई–सेवा मार्फत क्यु आर पेमेन्ट, बैंक ट्रान्सफर्म, ब्रोकर पेमेण्ट, एरलाईन्स मर्सेन्ट टपअप, क्यास ईन. लगायतका विभिन्न कारोबार गर्न सकिने बताईएको छ । जुनसुकै देशका लागि छिटो र छरितो टिकट काट्न सकिने, पुरा जोखिम हुने गरि विमा गर्न सकिने तथा रेमिट्यान्स सम्बन्धी ई–सेवा बाट कसरि छिटो र छरितो कार्य गर्न सकिन्छ भन्ने बारे छलफल गरिएको थियो । साे अवसरमा हाेटल बुक गर्ने सकिकने सुविधा थप गर्न लागेकाे जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा ई–सेवा पाल्पाका प्रमुख अरूण प्रधानले सहज र सरल सेवाका लागि इसेवा प्रयाेग गर्न सुझाव दिए । कार्यक्रममा ई–सेवा एजेन्टहरुले आ–आफ्ना जिज्ञासा तथा गुनासाहरु प्रस्तुत गरेका थिए भने प्रशिक्षकले ती जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस