पाल्पा गठबन्धनमा कांग्रेस ६, माओवादी र एसलाइ २/२ पालिका प्रमुख भागबण्डा

पाल्पा गठबन्धनमा कांग्रेस ६, माओवादी र एसलाइ २/२ पालिका प्रमुख भागबण्डा

पाल्पा, वैशाख १०

पाल्पामा गठबन्धनले कुन पालिकामा कुन पार्टीबाट उम्मेदवार हुने भन्ने भागबण्डा टुंगो लगाएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसलाई ६, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एस (एकीकृत समाजवादी)लाई २ वटा पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय गरेकाे हाे ।

नेपाली काँग्रेसले रामपुर नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिने भएकाे छ । नेकपा माओवादी केन्द्रको भागमा भने तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका र नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा अध्यक्ष उम्मेदवार चयन गर्ने गठबन्धनका संयाेजक हिमालदत्त श्रेष्ठले बताए ।

यस्तै नेपाली काँग्रेसले उपप्रमुख/उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ । नेकपा एस (एकीकृत समाजवादी) उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ भने माओवादी केन्द्रको भागमा निस्दी गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका परेका छन् ।

वडा अध्यक्ष पदका लागि कांग्रेसले २०७४ सालमा विजयी भएका ३७ स्थानमा कांग्रेस, ४ मा माअाेवादीकै उम्मेदवार हुनेछन् । जिल्लाका ८१ वडामध्ये बाँकी ४० वडामा स्थानीय अवस्था विश्लेषण गरि उम्मेदवार चयन गर्ने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस