टीकासँगको स्वरमा युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’

टीकासँगको स्वरमा युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’

काठमाडौं, बैशाख २
गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन् । टीका प्रसाईँ र उनको स्वरमा ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक भएको हो । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले बिहीबार यो गीत सार्वजनिक गरेका हुन् । एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीको अभिनय एवं नृत्य छ । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ ।

मोर्डनपन र मौलिकपन दुबैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस