नयाँ वर्ष २०७९ सँगै सेराेफेराेन्यूज छैठाैं वर्ष प्रवेशकाे शुभकामना !

नयाँ वर्ष २०७९ सँगै सेराेफेराेन्यूज छैठाैं वर्ष प्रवेशकाे शुभकामना !

आज विक्रम सम्वत २०७९ को पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ । आजबाट ‘सेराेफेराेन्यूज’ले छैठाैं वर्षको यात्रा प्रारम्भ गरेको छ । हामीलाइ जीवन्तता प्रदान गर्ने यात्रामा साथ र सद्भाव प्रदान गर्नुहुने समाजकाे यथार्थपरक सन्देशहरूलाइ सम्प्रेषण गर्न सहयाेग पुर्याउनुहुने हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक, सल्लाहकार, संवाददाता, स्तम्भकार, साहित्यकार, कर्मचारी,, पत्रकार, सम्पूर्ण संघसंस्था तथा विज्ञापनदाताहरू प्रति हामी ऋणी छौँ ।

हामीलाई समाजको ऐना का रूपमा पाल्पासँगै लुम्बिनी प्रदेशलाइ प्राथमिकता दिँदै राष्ट्रकाे दैनिकीलाई अभिलिखित गर्न यहाँहरूकाे अभूतपूर्व याेगदानले हामीलाइ सदैव मार्गदर्शन प्रदान गर्दै आइरहेकाे छ । आगामी दिनमा हामी अझ बढी पाठकमैत्री र प्रविधिमैत्रि बनेर यहाँहरूकाे आवश्यकता अनुसारका विषयवस्तु पस्किँदै जानेछाैं । नेपालको सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको सेरोफेरोलाई समेटेर देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय शासनमा जनताको चासो विवेचनात्मक दृष्टिकोणबाट प्रस्तुत गर्न हामी २०७४ सालदेखी सेरोफेरोन्यूज डटकम अनलाइन खबर पत्रिका मार्फत् निरन्तर उपस्थित भएका छौं, नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना ।

आजदेखि नयाँ वर्ष प्रारम्भ भएकाे छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।

नयाँ वर्ष आफैं ढोल बजाएर आउँदैन । यो अनुभूति हो र समयको एउटा मापन हो । समयको भौतिक मापन कतै देखिनुपर्ने हो तर यो क्यालेन्डरमा नापिन्छ । आजदेखि सर्वसाधारणको घरमा नयाँ पात्रो फेरिएको छ । नयाँ पात्रोले घरमा नयाँ वर्षको सङ्केत दिन्छ । नयाँ पात्रोमा पहिलो दिन आजै हो । यसकारण पनि नयाँ वर्ष मानिएको हो ।

नयाँ वर्षमा देशमा शान्ति र स्थिरताको सरकार बनोस् । देशका नागरिकलाई चाहिएको विकास होओस् । नागरिकको सबै चाहना पूरा नभए पनि कम्तिमा शान्तिको चाहना भने पूरा होओस् । देशको अर्थतन्त्र बलियो भइरहोस् र देशमा सर्वत्र शान्ति रही त्यही शान्तिको धरातलमा सबैले समृद्धिको सपना देख्न सकून् । नेपाली नयाँ वर्ष २०७९ को शुभ अवसरमा www.seroferonews.com को तर्फबाट नेपालमा र संसारभर छरिनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस