राष्ट्रिय महिला बिच भलिबलको उपाधी पुलिसलाई

राष्ट्रिय महिला बिच भलिबलको उपाधी पुलिसलाई

पाल्पा,चैत २६
पाल्पाको रानिमहलमा संचालित प्रथम सन्जय स्मृती राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीताको उपाधी नेपाल पुलिस क्लबले हात पारेको छ । आज भएको फाइनल खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउदै उपाधी हात पारेको हो । फाइनलमा पुलिसले लुम्बिनी प्रदेशलाई २१–८ र २१ –१७ को सेटमा पराजित गर्दै नगद १ लाख,पाल्पाली करुवा र प्रमाण पत्र प्राप्त गरेको छ । उपबिजेता लुम्बिनी प्रदेशले नगद ५० हजार पाल्पाली करुवा र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगीता भरीमा उत्कृष्ठ खेलाडीको रुपमा पुलिसकी कमला पुन घोषित भइन उनले नगद २० हजार प्राप्त गरिन । प्रतियोगीतामा दुई बिभागीय टोली सहित सात प्रदेशको सहभागीता रहेको थियो । बिजयी टोली तथा उत्कृष्ठ खेलाडीलाई नेपाल राष्ट्र बैकका पूर्ब गर्भनर चिरन्जीबी नेपालले पुरस्कार बितरण गर्नुभएको संन्जय स्मृती प्रतिष्ठनकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस