तानसेनलाइ पर्यटनबाटै चिनाउनुपर्छ, नेतृत्वकाे साेंच परिवर्तन आवश्यकः अध्यक्ष राजु महर्जन

तानसेनलाइ पर्यटनबाटै चिनाउनुपर्छ, नेतृत्वकाे साेंच परिवर्तन आवश्यकः अध्यक्ष राजु महर्जन

पाल्पा, चैत २४

पाल्पा उद्योग वाणिज्य संघ, पश्चिम नेपालको प्राचीन ऐतिहासिकता बोकेको पहाडी जिल्ला पाल्पाका उद्योगी व्यापारी व्यवसायीहरुबाट गैर सरकारी, गैर राजनीतिक, एवं उद्योगी व्यापारी व्यवसायीहरुको प्रतिनिधिमूलक संस्थाको रुपमा तानसेन, पाल्पामा स्थापित छ । स्व. श्री भगवती प्रसाद प्रधानज्यूको अध्यक्षतामा वि.सं. २००९ सालमा पाल्पा व्यापार संघको नामबाट स्थापनाको प्रयास प्रारम्भ भए पनि त्यसले निरन्तरता नपाए पछि पुनः वि.सं.२०१५ सालमा स्व. श्री रामलाल कक्षपतिको सभापतित्वमा पुनर्जिवित गर्ने प्रयास गरीयो ।

तत्पश्चात वि.सं. २०२३ साल मार्ग ११ गते श्री केशव लाल श्रेष्ठको अध्यक्षतामा पुनस्र्थापित भई पाल्पा जिल्लाका उद्योगी एवं व्यापारी वर्ग तथा उपभोक्ताहरुको हित, संरक्षण र प्रगतिका साथै देश विकासको काममा देश काल परिस्थिति अनुसार नेपाल सरकार र उद्योगी एवं व्यापारीहरुको बिच सौहार्दता कायम गरी उद्योग तथा वाणिज्यको क्षेत्रमा चौतर्फी विकास गर्ने मूल उद्देश्यका साथ यस संघले निरन्तरता पाउँदै आएको छ ।

नेपालमा पहिलो पटक ढाकाको सुरुवात गर्ने गणेशमान महर्जनका साहिँला छोरा राजु महर्जनको जन्म २०२६ भदौ २४ गते तानसेनमा भएको हो । तानसेन अमरगंजमा रहेको सेन माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका महर्जन अहिले पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष हुनुहुन्छ । २०३५ सालदेखी पाल्पाली ढाकालाई व्यावसायिकता प्रदान गर्दै आउनुभएका महर्जनले २०४७ सालमा गौरीशंकर गेष्ट हाउस सुरु गर्नुभयो । समयको आवश्यकता अनुसार ढाकामा मात्र होइन पाल्पालाई पर्यटन क्षेत्रमा समेत पहिचान स्थापित गराउनु आवश्यकता महशुस गरि होटलको सुरुवात गरेको उहाँ बताउनुहुन्छ ।

होटल गौरीशंकरमा अहिले झण्डै १० करोडको लगानी गर्नुभएका महर्जनले जिल्लाबाट पूँजी पलायन नहोस् भन्ने उद्देश्यले पाल्पामै लगानी गरेको बताउनुहुन्छ । अहिले होटलमा १० जनाले रोजगारी दिँदै आउनुभएको छ । कोरोनाकाल जिल्लामा व्यवसायिक रुपमा घरभाडा रहेकाहरुलाई सहुलियत प्रदान होस् भन्ने उद्देश्यले आफूबाटै पुरानो गौरीशंकर होटल सटर र घर भाडामा एक महिनाको छुट गरि नगरपालिका, रेडक्रस, अफिसर क्लवहरुलाई समेत अनुरोध गरि अन्य व्यवसाय गर्नेहरुका लागि पनि दुई महिनाको छुट उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

पाल्पालाइ पर्यटनमैत्री बनाउन धेरै याेजनाहरू छन् तर तानसेनकाे नेतृत्वकाे साेंच परिवर्तन हुनु अावश्यक हुन्छ । जनताले सहि नेतृत्व चयन गर्नुपर्छ । भाषणमा मात्र सीमित रहने काममा ध्यान नदिने नेता नै पटकपटक नेतृत्व गर्ने हाे भने तानसेनमा व्यवसाय सञ्चालन गर्नेहरू कहाँ जाने भन्ने अवस्था सिर्जना हुन सक्छ । हामी बैंकबाट चर्काे व्याजमा ऋण लिएर यहाँकाे विकासका लागि निजी क्षेत्रलाइ नेतृत्व गर्दै अगाडी बढेका छाैं, अवसर प्राप्त भए तानसेनलाइ विकासकाे माेडलका रूपमा पहिचान स्थापित गराउन सक्छाैं भन्ने विश्वासमा छु, अध्यक्ष महर्जनले भन्नुभयाे ।


२०५२ सालमा पाल्पा उद्योग वाणिज्य संघको मनोनित सदस्यबाट नेतृत्वमा उदाउनुभएका राजु महर्जन उपसचिव, सदस्य सचिव, दुई कार्यकाल वाणिज्य उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षको नेतृत्व गर्नुभएको छ । आफू अध्यक्ष हुँदा दुई पटकसम्म पाल्पा महोत्सव आयोजना गरि ७२ लाखभन्दा बढी संघमा रकम बचत समेत गर्न सफल भएको बताउनुहुन्छ । यस्तै टुँडिखेलको स्तरोन्नती, बसपार्कमा सूचनापाटी सहित प्रतिक्षालय, संघको बहुउद्देश्यीय भवन निर्माण सुरु, टुँडिखेलमा रहेको विरेन्द्र पार्क व्यवस्थापन, श्रीनगर पारिलेयक वनमा तानसेन लेखन, व्यवसायिक हित कोष, पाल्पामा विमानस्थलका लागि फिजिविलिटी अध्ययन, तत्कालिन भारतीय राजदूत रे, अमेरिकन राजदूत मार्फत् जिल्लाकाे पहिचानलाइ अन्तर्राष्टियकरण गर्न प्रयत्व गरेकाे राजु महर्जनले बताउनुभयाे । संघको बहुउद्देश्यीय भवन सुरू गरियाे, स्थानीय सरकारबाट अपेक्षित सहयाेग पाइएन । बहुउद्देश्यीय भवनलाई पुरा गर्न अहिले प्रदेश सरकारसँग समन्वय गरि काम अगाडी बढाईएको पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ । सरकारले सुरुवात नगर्दादेखी नै सार्वजनिक निजी साझेदारी कार्यक्रम जनप्रतिनिधी विहीन अवस्थामा संघबाट गरिएको बताउने महर्जन जनप्रतिनिधी आइसकेपछि भने साझेदारी हुन नसकेको बताउनुहुन्छ ।

राष्ट्रपती विद्यादेवी भण्डारीबाट प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएका महर्जन पाल्पामाएक गाउँ एक उत्पादनको कार्यक्रम अन्तर्गत अदूवा पकेट क्षेत्र कार्यक्रम सुरुवात गरेका व्यक्ति हुनुहुन्छ । महर्जनले जिल्लालाई पर्यटनमैत्री बनाउन धेरै काम गर्न आवश्यक रहेको बताउँदै अाउनुभएकाे छ । पाल्पा पहाडी जिल्ला भएका कारण यहाँ श्रीनगरलाई व्यवस्थित गर्नुपर्ने, रानीमहलको व्यवस्थापन गर्नुपर्ने, सडकदेखी शित्तलपाटीलाई सिक्कीमको अवधारणामा विकास गनुपर्ने, एक घर एक फूल व्यवस्थापन गर्नुपर्ने …पाल्पामा केबलकार (श्रीनगर, रानीमहल, आलमदेवी) को व्यवस्थापन गर्नुपर्ने, पाल्पामा शिक्षा, स्वास्थ्य र पर्यटनको नारा दिइने तर बाटो प्रमुख बाधक रहेको छ यसकाे व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ । सिद्दबाबाकाे बाटोमात्र निर्माण गर्न सके शिक्षा तथा पर्यटन क्षेत्रमा औधी विकास गर्न सकिन्छ । मुख्य कुरा विश्वास गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ । पाल्पालाई विकास गर्न पर्यटन मै प्रमुख ध्यान दिनुपर्छ यसका लागि जिल्लाका स्थानीय तह समन्वयमा गरिनुपर्छ । स्थानीय निर्वाचन नजिकिँदै जाँदा अाउने नेतृत्व र नेतृत्वका चुनावी घाेषणापत्रका विषयमा खुला छलफल हुनुपर्ने महर्जन बताउनुहुन्छ ।

#व्यक्तिविशेष

(सेराेफेराे व्यक्ति विशेषमा हामी स्थानीय क्षेत्रमा रहि याेगदान गरेका कुनै पनि लाभकाे पदमा नरहेका व्यक्तिका व्यक्तिगत कुरा राख्ने गर्छाैं, तपाइकाे कुनै गुनाशाे, सुझाव वा जिज्ञाशा भए हामीलाइ सम्पर्क गर्नुहाेला।)

प्रतिक्रिया दिनुहोस