रानिमहलमा हुने राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको तयारी पुरा

रानिमहलमा हुने राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको तयारी पुरा

बिष्णु खनाल
पाल्पा,चैत २२
पाल्पाको रानिमहलमा हुने राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । मंगलबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सन्जय स्मृति प्रतिष्ठानले तयारी पूरा भएको जनाएको हो । प्रतियोगीता यही चैत २४ गते देखि २६ गते सम्म ऐतिहासीक पाल्पा रानीमहलको किनारमा हुन लागेको छ ।
प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेनस्थित रानीमहलमा आयोजना गरिने राष्ट्रिय महिला बिच भलिवल प्रतियोगीतामा सात प्रदेश र दुई विभागीय टोली एपिएफ र पुलिसको सहभागिता रहने जानकारी दिनुभयो ।
नेपाल भलिबल सघको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टोलीले रु एक लाख तथा दोस्रो हुनेले रु ५० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्राप्त गर्ने छन । त्यस्तै उत्कृष्ट खेलाडीले २० हजार नगद पाउने छन् । करिब ३० लाख बजेट अनुमान गरिएको प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात, बसोबास, जर्सी र अन्य खेल सामग्रीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीताका सद्भावना दूत नायक धीरेन शाक्यले खेलकुद, कला, सङ्गीतका साथै सामाजिक कार्यमा सक्रिय तानसेन निवासी सञ्जय मास्केको विसं २०५५ मा सडक दुर्घटनामा निधन भएको र उहाँको स्मृतिमा कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
पाल्पाली संगम काठमाण्डौंका अध्यक्ष पदम न्यौपाने,पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन,पत्रकार महासंघका अध्यक्ष रेखिराम राना लगायतले खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रम सन्जय स्मृती प्रतिष्ठानकी अध्यक्ष निरोज मास्ककोे अध्यक्षता प्रतिष्ठानका सचिब प्रणय राणाको स्वागत तथा नेपाल खेलकुद पत्रकार मन्च पाल्पाका अध्यक्ष माधब अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस