समाजसेवामा लागेका इश्वर ! जाे वैदेशिक राेजगारी त्यागेर नेपालमै रमाएका छन्

समाजसेवामा लागेका इश्वर ! जाे वैदेशिक राेजगारी त्यागेर नेपालमै रमाएका छन्

२०७४ सालकाे स्थानीय निर्वाचनबाट सिंहदरबारकाे अधिकार गाउँगाउँमा पुग्याे रे ? तर कतिपय स्थानमा एम्बुलेन्स समेत पुग्न सकेका छैनन्, जहाँ स्थानीय सरकारका प्रतिनिधीहरू सुविधा सम्पन्न गाडीमा २४ घण्टा अाेहाेरदाेहाेर गरिरहेका छन् ।

यस्तै अवस्था देखेर वैदेशिक राेजगारीका लागि कतारमा रहेका समय विदेशी भूमीमा श्रम गरिरहेका युवाहरूकाे साथ खाेजेर इश्वर काफ्लेले रम्भा गाउँपालिका वडा नं. १ मा एम्बुलेन्स प्रदान गरे । तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले एम्बुलेन्स गाउँपालिका तथा स्थानीय हुँगी स्वास्थ्य चाैकीलाइ हस्तान्तरण गरे ।

रम्भा गाउँपालिका १ हुँगीका ३७ वर्षीय ईश्वर काफ्ले १७ बर्ष कतारमा संघर्ष गरे । जब जनताहरूले स्थानीय सरकारकाे अनुभूती नभएकाे भन्दै अाक्राेस व्यक्त गर्न थाले तिनै युवा इश्वर गाउँफर्कने अभियानमा हानिए । २० बर्षको उमेरमै लाहुर गएका उनी आफ्नो कमाइको केही प्रतिशत रकम आफ्नो जन्मभुमिकाको बिपन्नता,असहाय र दुखि लाई छुट्याउदै सामाजिक कार्यमा खर्च गर्दै अाइरहेका थिए । त्यसै समय विश्वभर काेराेना महामारी पनि सुरू भयाे । गाउँमा उपचार नै नपाएर मर्नुपर्ने अवस्था समेत सिर्जना भयाे । त्यसै माैकामा ईश्वर काफ्ले कतारलाइ सधैँका लागि हात हल्लाउँदै गाउँमै फर्किए । काेराेनाका समयमा संक्रमितहरूलाइ अस्पतालसम्म पुर्याउने तथा अार्थिक सहयाेगमा जुटे ।

पाल्पाकाे रम्भा १ मा मात्र हाेइन पाल्पाको हरेक क्षेत्रमा मृर्गौला पिडितहरुलाई नगद समेत गर्दै अाएका काफ्लेले धुर्मुस सुन्तली फाउण्डेसनका हरेक कार्यमा सहयोग, चितवनको सानो घर र सहाराको घरमा करिब १० लाख वराबरको सहयोग, दाङ महानगर पालिकाको एउटा गाउँमा एक्दमै पीडित दुई बृद्धअबश्था दम्पतिलाई ब्यक्तिगत लगानीमा ३ लाख बराबरको घर निर्माण गरि हस्तान्तरण समेत गरेका छन् ।

गाउँमा स्वास्थ क्लिनिक खोलेर सेवा प्रदान गरिरहेका उनले युवा स्वरोजगार ध्यानमा राखेर विभिन्न व्यवसायिक याेजना अगाडी सार्नुका साथै १० जना युवालाई रोजगार पनि दिइसकेका छन् । समाज सेवा मेरो धर्म मानेर बिगत १२ वर्ष देखि विभिन्न सामाजिक संस्थामा काम गर्दै आएका काफ्ले पाल्पाली सेवा समाज कतारको अध्यक्ष, नेपाल हातेमालो सामाजिक संस्था कतारको अध्यक्ष, एन आरएनए कतारमा पनि रही भुमिका निर्वाह गरिसकेका छन् ।

न्यू थ्रीस्टार युवा क्लब रम्भा १ पाल्पाको अध्यक्ष समेत रहेका काफ्ले लोक दोहोरी प्रतिष्ठान केन्द्रको मानार्थ सदस्य, ठकुरी सहयोग संजाल नेपालको मानार्थ सदस्यको रुपमा रहेका काफ्ले सुख दुख र आवश्यकताकाको गाउको केन्द्रबिन्दु बनेका छन् ।

#व्यक्तिविशेष

(सेराेफेराे व्यक्ति विशेषमा हामी स्थानीय क्षेत्रमा रहि याेगदान गरेका कुनै पनि लाभकाे पदमा नरहेका व्यक्तिका व्यक्तिगत कुरा राख्ने गर्छाैं, तपाइकाे कुनै गुनाशाे, सुझाव वा जिज्ञाशा भए हामीलाइ सम्पर्क गर्नुहाेला।)

प्रतिक्रिया दिनुहोस