उन्नती सहकार्य लघुबित्तद्धारा ग्रामीण कर्जा बिमा बितरण

उन्नती सहकार्य लघुबित्तद्धारा ग्रामीण कर्जा बिमा बितरण

पाल्पा चैत १३

उन्नति सहकार्य लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय घोरबन्दा पाल्पाले ग्रामीण कर्जा बिमा रकम बितरण गरेको छ । संस्थामा आबद्ध भइ बचत तथा कर्जा कारोबार गर्दै आएकी तानसेन ११ जुकियाकि सदस्य स्वर्गीय खेमकुमारी भाटका श्रीमान राम बहादुर रानाभाटलाई ग्रामीण कर्जा बिमा बापतको तिनलाख र काजकिरिया बापतको चौरासी हजार गरि तिनलाख चौरासी हजार हस्तान्तरण गरेको शाखाका कनिष्ठ सहायक रेग बहादुर जिसिले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै साखाका प्रबन्धक जयराम अधिकारीले यस्तो कार्यले रिण लिएर परिवारका सदस्यको मृत्यु पछि परिवारको घरबास उठ्ने अवस्थाको अन्त्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस