पाल्पा बतासेडाँडामा अतिक्रमण गरि बनाईएका १३ टहरा भत्काईयो – Photos & Video

पाल्पा बतासेडाँडामा अतिक्रमण गरि बनाईएका १३ टहरा भत्काईयो – Photos & Video

पाल्पा, चैत ७
पाल्पा सदरमुकाम तानसेन नगरपालिकाको वडा नं. ५ मा बतासेडाडामा अवैध रुपमा निर्माण भएका टहरा भत्काइएको छ । पछिल्लो दुई दिनको अवधीमा वन क्षेत्र, सार्वजनिक क्षेत्र र त्रिभुवन बहुमुखी क्याम्पसको जग्गामा घडेरी बाँडी टहरा निर्माणको कार्यले तिव्रता पाएको थियो । सोमबार डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा १३ वटा टहरा भत्काएको हो ।

ढुंगाखानी क्षेत्र तानसेन तम्घास सडकको दायाँ–बायाँ तर्फको भू्–भाग रातारात अतिक्रमण गरि बनाइएका जग्गाका टहरा भत्काइएको हो ।
करिब ३ सय रोपनी जग्गा रातारात अतिक्रमण भएको जग्गामा बनाईएको टहरा हटाउने अभियान सुरु गरिएसँगै जिल्लाका केही प्रतिष्ठित व्यक्तिहरु समेत अन्यौलमा परेका छन् । यस क्षेत्रमा जिल्लाका नेतृत्व तहमा रहेका केही जनप्रतिनिधि तथा नेताहरुको समेत जग्गा यसै क्षेत्रमा रहेको बुझिएको छ । मिलिजुली पालेको रमाइलो सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा बनेका टहरा भत्काईएका छन् । यस्तै अन्य सार्वजनिक क्षेत्रमा बनेका घरटहरा भत्काउन २४ घण्टे अल्टिमेटम पनि दिइएको छ ।

मिलिजुली पालेको रमाइलो सामुदायिक वन उपभोक्ता समिति, अध्यक्ष तुल बहादुर रावलले विभिन्न वाहानामा टहरा बनाउने र जग्गा हडप्ने गरेका कारण टहरा भत्काएको बताए । डिभिजन वन कार्यालय, पाल्पाका निमित्त डिभिजन वन अधिकृत संयोग बस्नेतले विभिन्न टहरा बनाइ नयाँ अतिक्रमण हुन थालेको जानकारी पाउनासाथ आफूहरुले वन कार्यालय, उपभोक्ता र प्रहरी कार्यालयको सहभागितामा हटाएको बताए ।
अतिक्रमणकारीले दिउँसो, राति तथा साँझको समयमा बीस–बीस हातको मोहडाले करिब २ हजार ५ सय घडेरीमा किला गाडी अतिक्रमणगरेका हुन् । अतिक्रमित दुई सय रोपनी जग्गा त्रिभुवन बहुमुखी क्याम्पसको विज्ञान भवनको क्षेत्रमा र सय रोपनी सोही आसपासको जग्गा रहेको छ । त्रिभुवन बहुमुखी क्याम्पसको बतासेडाँडादेखि पाल्पा विधुत प्राधिकरणको वितरण शाखा स्टेसनसम्म दुईसय रोपनी जग्गा रहेको छ ।
जग्गामा टहरा बनाउनेहरले भने नगरपालिकामा तिरो तिरेर टहरा बनाउने अनुमति पाएको बताएका छन् । उनीहरुले हटाउने भए पनि समयमा खबर नभएको भन्दै आक्रोशित बनेका थिए ।

निर्वाचनको मुखैमा सुकुम्वासी समस्या समाधान आयोगको जिल्लामा सक्रियतासँगै सदमुकामभित्रै राजमार्ग क्षेत्र, क्याम्पस तथा सार्वजनिक जग्गा अतिक्रमणले विभिन्न राजनीतिक दलले एक अर्कामा शंकाको दृष्टि बनाएका छन् । राजनीतिक दलका नेताहरुले विभिन्न आश्वासन दिएर क्याम्पस तथा सार्वजनिक जग्गामा घडेरीको खेलो गरेका हुनसक्ने भन्दै सचेत हुन नागरिकहरुले आग्रह गरेका छन् । निर्वाचनको मुखमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने, वन फडानी गर्ने, गिट्टी वालुवा तस्करी गर्ने पाल्पामा बढ्दै गएको छ । यसतर्फ जिल्लामा रहेका राज्यका सुरक्षा निकाय प्रहरी प्रशासन तथा नागरिक समाजले खबरदारी गर्न जरुरी देखिन्छ ।

बतासेडाँडा क्षेत्रमा पञ्चातकालदेखि नै रसिदको भरमा बस्ती विकास हुँदै आएको छ । अहिले पनि सो क्षेत्रमा दिनहुँ व्यवसायिकरुपमा आवास तथा भवन निर्माण भइरहेका छन् । दिन दहाडै क्याम्पसको जग्गामा खुलेआम घडेरीको लागि किल्ला गाडी जग्गा छुट्याएपछि त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक, विधार्थीहरु समेत आक्रोशित भएका छन् । तत्काल क्याम्पसको जग्गामा अतिक्रमण जग्गा बचाउन सबै पक्ष सक्रिय हुन क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले आग्रह गरेका छन् । अन्य स्थानको जग्गामा बनेका टहरा हटाउँदा क्याम्पसदेखी विद्युत वितरण केन्द्र सम्मको जग्गाको पनि क्षेत्र एकिन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस