नेपालको राष्ट्रिय फूल लालिगुराँस लोप हुँदै

नेपालको राष्ट्रिय फूल लालिगुराँस लोप हुँदै

पाल्पा, चैत ५

लालिगुराँस फूल नेपालको राष्ट्रिय फूल हो । तर पछिल्लाे समय पहाडी क्षेत्रबाट लालिगुराँस लोप हुँदै गएको छ । फागुन चैततिर महाभारत क्षेत्रमा फुल्ने लालिगुराँस मासिँदै गएको हाे ।

संरक्षणको अभावमा विभिन्न प्रजातिका लालिगुराँस लोप हुँदै गएको हो । विभिन्न औषधिको रूपमा समेत प्रयोग हुने लालिगुराँसलाई संरक्षण नगर्दा मासिने क्रम वर्षेनी बढिरहेको हाे । स्थानीयले दाउराको रुपमा प्रयोग गर्ने तथा फूलेका फूल टिपेर फाल्ने गरेसँगै
शिशिर ऋतुमा थरीथरी रंगमा फुल्ने लालीगुराँस लोप हुँदै गएको हाे ।

पेटसम्बन्धी बिरामी भएकालाई गुराँस सेवन अचुक औषधिकाे रूपमा काम गर्छ । रक्तअल्पता, रक्तचाप, आमवात, चिनीजस्ता अनेकौँ  रोगबाट मुक्ति दिन पनि लालिगुराँसको फूल उपयुक्त मानिने गरिन्छ । समुन्द्र सतहदेखि एक हजार तीन सय मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइसम्म पाइने लालिगुराँसलाई रास्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको थियो । नेपालको संविधान २०७२ अनुसार लालिगुराँस नेपालको राष्ट्रिय फूल हो । योसँगै नेपाली रुपैयाँ ५ सय र १ हजारको नोटमा पनि लालिगुराँस अंकित छ । शब्द तस्विरः मुक्ति न्याैपाने

#लालिगुराँस

प्रतिक्रिया दिनुहोस