बालासिद्दमा नृशिंह पुराण एवम लिंगपुराण हरिहर ज्ञान महायज्ञ सम्पन्न (फाेटाेफिचर)

बालासिद्दमा नृशिंह पुराण एवम लिंगपुराण हरिहर ज्ञान महायज्ञ सम्पन्न (फाेटाेफिचर)

पाल्पा, चैत ५

पंच दिवसीय नृशिंह पुराण एवम लिंगपुराण हरिहर ज्ञान महायज्ञको समापन भएको छ । पंडित देवराज भण्डारीकाे आयोजनामा गरिएकाे महायज्ञ समापन भएकाे हाे ।

महायज्ञ उद्घाटन गर्दै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले रामपुरमा पर्यटकीय एवं धार्मीक कार्यमा उल्लेख्य कार्य भएकाे बताएका थिए । समापन कार्यक्रममा रामपुर नगरपालिका १० वडाका वडा अध्यक्ष लीलाबहादुर गाहाले च्याङलिङ र नाैगाउँ क्षेत्रका जनताकाे अपनत्वमा मन्दिर अगाडी बढेकाे बताए ।

बालसिद्ध गुफा मन्दिर यो क्षेत्रकै धार्मिक धरोहर,धार्मिक आस्थाको केन्द्र भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको भन्दै महायज्ञ लगाइएकाे पंण्डित भण्डारीले बताए । पाँच दिनसम्म चलेकाे महायज्ञमा व्यास पंण्डीत गिरीराज पराजुलीले कथा प्रवचन गरेका थिए । प्राकृतिक मन्दिर लाई धार्मिक पर्यटकिय हिसाबले विकाश गरेमा यस क्षेत्रका बसिन्दाहरूको जीवनस्तर उठाउन सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतकान्त भट्टराइले बताए । केहिवर्ष यता यसमन्दिरमा विभिन्न महायज्ञको आयोजना गरी प्रचारप्रसार गर्ने काम हुँदै अाएकाे छ । महायज्ञको आम्दानि खर्च विवरण यथासक्य छिटो सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिका सचिव फणेश्वर पराजुलीले बताए ।

बालसिद्ध गुफा मन्दिरलाइ स्वेच्छिक रूपमा यहाँकाे भाैतिक तथा पर्यटकीय पूर्वाधार निर्माणार्थ देश विदेशमा रहनु भएका महानुभावहरुले ग्लोबलआइएमइ बैंक रामपुर शाखाकाे खातानम्बर Q 401010001809 मा सहयाेग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस