‘पाल्पाली ढाका’ गीत सार्वजनिक गरे पुरूषाेत्तम (भिडियो )

‘पाल्पाली ढाका’ गीत सार्वजनिक गरे पुरूषाेत्तम  (भिडियो )

पाल्पाली लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेको पाल्पा चिनारी पाल्पाली ढाका गीत सार्वजनिक गरिएकाे छ । पाल्पाकाे तानसेनमा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले पाल्पा भित्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेर तयार गरिएको पाल्पाली ढाका गीत सार्वजनिक गरेका हुन् ।

जन्मभुमिको प्रर्वद्धनका लागि गीत मार्फत सर्जकले महत्वपुर्ण भुमिका निर्वाह गीतको सार्वजनिक गर्दै मेयर शाहीले बताए। पाल्पाको पहिचानलाई प्रचार गरि अन्तरिक पर्यटन विकासमा समेट टेवा पुग्ने मेयर शाहीकाे भनाइ थियाे ।

गीतमा पाल्पामा जन्मेर ख्याती कमाएका कलाकारहरु नारायण रायमाझी, सेमन्तमणि खराल पुरुषोत्तम गैरे, जमुना राना, कमला पोखरेल, धनमाया दिसुवाको स्वर रहेको छ । गीतको शब्द सृजना पुरुषोत्तम गैरेले गर्नुभएको छ भने लय तथा एरेन्ज राजु सुनामको रहेको छ भने सन्तोष बस्यालको छायांकन रहेको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जन, तानसेन नगरपालिका वडा नं ६ का अध्यक्ष सागरमान महर्जन नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले कलाकारिताको माध्यमबाट पाल्पाको पर्यटन प्रर्वद्धनमा सर्जकको योगदान महत्वपुर्ण हुने बताएका थिए ।
गीतका निर्देशक पुरुषोत्तम गैरेले आफु जन्मे हुर्केको ठाउँको लागि केही न केही गर्नुपर्छ भन्ने सोचसहित आफुले यो गीत तयार गरेको बताउनुभयो । उहाँले यो गीतका माध्यमबाट पाल्पाको पर्यटन क्षेत्रको थप प्रचार हुने विश्वास समेत व्यक्त गरे ।

हेर्नुहाेस् भिडियाे…

प्रतिक्रिया दिनुहोस