पशुपतिमा पुल भत्किँदा दुई जना घाइते

पशुपतिमा पुल भत्किँदा दुई जना घाइते

काठमाडौँ । पशुपति मन्दिरबाट श्लेष्मान्तक वनमा जाने बाग्मती नदीको पुल भत्किदा दुई जना घाइते भएका छन् । शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा पगेका भक्तजनहरुको अत्यधिक भार थेग्न नसक्दा बागमती नदीको पुल भत्किदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

पशुपति मन्दिरबाट पारी जान बनाइएको पुरानो २ पुलमध्ये पुल नम्बर १ को साइडको पर्खालनिर भत्किएको हो । इटाको पर्खाल रहेको सो भत्किएर नदीमा खस्दा २ जना घाइते भएका हुन् । घाइतेमध्ये एक सुदूरपश्चिमका गोविन्द भट्ट रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये अर्का एक जना अझै अर्धचेत अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।

रातको समयमा पशुपतिमा निकै भीडभाड रहेको पुल भत्किदा केही छिन भागदौड समेत भएको थियो । अहिले सुरक्षाकर्मीहरु घट्ना स्थलमा पुगरे पुलबाट आवतजावत रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस