एमसीसी सम्झौतामा के छ? (पूर्णपाठ)

एमसीसी सम्झौतामा के छ? (पूर्णपाठ)

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध वा समर्थन गर्नेहरूमध्ये धेरैले यो सम्झौताको पूर्ण पाठ पढेका छैनन्। कतिपयले नेताहरूको लहैलहैमा लागेर त कतिपयले हल्लाकै भरमा यसको विरोध गरिरहेका छन्। आखिर सम्झौतामा के छ?

नेपालले अमेरिकासँग चार वर्षअघि ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ सम्झौता गरेको थियो। २९ भदौ २०७४ मा तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको वासिङ्टन डीसीमा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशसँग ५०० मिलियन डलर (करीब रु.५९ अर्ब) अनुदान सहायता लिने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए।

जून २०२० (मध्य असार, २०७७) सम्ममा तयारीका सम्पूर्ण काम सकेर आयोजना कार्यान्वयन शुरू गर्ने तय भएको थियो। तर, अहिलेसम्म पारित गर्ने कि नगर्ने भन्नेमै विवाद भइरहेको छ।

एमसीसी सम्झौतालाई पढ्न यहाँ क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1je–NeiLda6kBRXSrxPPPNmsAkntJNHR/view

प्रतिक्रिया दिनुहोस