मरामकाेट पाल्पाकाे नयाँ पर्यटकीय गन्तव्य (फाेटाे फिचर)

मरामकाेट पाल्पाकाे नयाँ पर्यटकीय गन्तव्य (फाेटाे फिचर)

पाल्पा, पुस १०

तिनाउँ गाउँपालिका वडा नं. ५, मरामकाेट पाल्पाकाे नयाँ पर्यटकीय केन्द्रकाे रूपमा विकास भएकाे छ । प्रकृतिक सुन्दरताले भरिपूर्ण भए पनि स्थानीयकाे बेवास्ताका कारण पछाडी परेकाे यस स्थानमा सडक, स्वस्थ्य शिक्षा, खानेपानी जस्ता प्रबन्ध हुन लागेसँगै पर्यटकीय स्थलकाे रूपमा विकास भएकाे हाे ।

मरामकाेटकाे यु डाँडा अहिले मरामकाेटकाे रूपमा विकास भएकाे हाे । तिनाउँ गाउँपालिकाले दुइ वर्षमा ५/५ लाख गरि १० लाख रूपैयाँ खर्च गरेकाे छ ।

सडक असुबिधाका कारण गाउ छोडने चली रहेका बखतमा गाउमा मोटर बाटो समेत खनिएकाे छ । यहाँकाे सडक सुविधाका लागि ५० लाख रूपैयाँ समपुरक काेषबाट बजेट विनियाेजन गरि सडक विस्तारकाे कार्य समेत भैरहेकाे सडक निर्माण समितिका अध्यक्ष दुर्गा बहादुर दर्लामीले बताए ।

प्रतिक्रिया दिनुहोस