ओमिक्रोन भाइरस कारण रिडी मेला प्रभावित (फाेटाेफिचर)

ओमिक्रोन भाइरस कारण रिडी मेला प्रभावित (फाेटाेफिचर)

पाल्पा, माघ १
कालीगण्डकी स्नान गरि दानदक्षिण गर्नेहरुको रुरु क्षेत्रमा मेला लागेको छ । ऋषिकेश्वर मन्दिर रुरुधाम रिडि धार्मीक मेलामा भक्तजनहरुको न्यून उपस्थिती देखिएको छ । कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम नहुँदा गत वर्षको तुलनामा न्यून संख्यामा भक्तजनहरुको उपस्थिती रिडी मेलामा देखिएको हो ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङक्रान्ति पनि भनिन्छ । सौरमानको गणना बमोजिम आजदेखि ६ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यता अनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकोले शुभ कर्महरु पनि यसै बेला गर्ने परम्परा छ ।
पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रिडिमा बिहिबार बिहानैदेखी स्नान गर्नेहरु कम देखिए । आजको दिनमा भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन् । स्नान, दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटी लगायतका परिकार खाने चलन छ ।


स्थानीय प्रशासनले कोरोनाका कारण देखाउँदै २५ जना भन्दा बढी भेला हुन रोक लगाएका कारण रिडी मेलामा भक्तजनहरुको कमी देखिएको हो । यद्यपी कालीगण्डकी नदीमा नुहाउन आउनेहरुलाई प्रहरीले मास्क अनिवार्य लगाउन अनुरोध गरेको थियो । ऋषिकेष मन्दिरमा प्रवेश गर्नेहरुलाई तानसेन नगरपालिका वडा नं. १४ ले निशुल्क मास्क वितरण कार्य गरेको देखिन्थ्यो । यसवर्ष रिडीमा नुहाउनकै बाहिरी जिल्लाबाट आउनेहरु समेत कम भएका हुन् ।यस वर्ष मनोरञ्जनात्मक अन्य कार्यक्रम नभएता पनि रिडिको मेलामा ¥याफ्टीङ्गमा युवाहरुको आकर्षण पनि कम देखियो । ¥याफ्टीङ्गका लागि राखिएका दुई बोटहरु समेत खाली देखिन्थे ।

रिडीमा पाल्पा, गुल्मी, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, कास्की तथा अन्य जिल्लाबाट भक्तजनहरु स्नान गर्नका लागि आउने गर्दछन् । स्नान गरेपछि श्रद्धालु भक्तजनहरु ऋशिकेश मन्दिरको दर्शन गरि घर फर्कने गर्दछन् । आजको पुण्य दिनमा धर्मकर्म गर्दा पितृ खुसी हुने र पुण्य कमाईने विश्वास रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस