रानीमहल दरबारमा संग्रहालय

रानीमहल दरबारमा संग्रहालय


बिष्णु खनाल

पाल्पा,पुस ३०
पर्यटकीय स्थल रानीमहल दरबार अब संग्रहालयको रुपमा बिकसित भएको छ । रानीघाट दरबार संग्रहालयको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख शाहीले रानीमहलको बिकासमा पहिलो चरणमा केही देखिने काम भएको बताउनुभयो । उहाँले रानीमहलको सम्पूर्ण बिकास गर्न १० करोड भन्दा बढी बजेट लाग्ने देखिएको बताउदै पहिलो चरणमा सरसफाई, खानेपानी ,बिजुली, ईन्टरनेट क्यामरा लागाएतका सामाग्रीको ब्यबस्थापन भएको बताउनुभयो । सुरुमा १५ लाखबाट सुरुभएको काम हाल करिब ३५ देखि ४० लाख खर्च भईसकेको उहाँले बताउनुभयो । तर त्यती रकमले नपुग्ने र बजेट बढ्दै जाने नगरप्रमुख शाहीले बताउनुभयो ।


दरबार क्षेत्रको समग्र बिकासका लागि दरबार तानसेन नगरपालिकामा भएको तर आँगन अर्को पालिकाको भएको हुदा दुबै पालिका बीच बिकासमा समन्वय भएको यहाँले बताउनुभयो । संग्रहालयमा भएका समाग्रीको रेखदेखको लागि सरोकारवाला निकायसंग छलफल भैरहेको समेत नगरप्रमुख शाहीले बताउनुभयो ।
तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेबी पाठकले सुरुको दुई बर्षको अबधीमा परिबर्तन गर्न नसकेको दरबारलाई पछिल्लो समय नगरले उच्च प्राथमिकतामा राख्दै संग्रहालयको रुपमा बिकास गरेको बताउनुभयो । उहाँले रानीमहलको बिकास र सौन्दर्यकरणले आर्थिक बिकास समेत सहयोग पुग्ने धारणा राख्नुभयो । रानीमहल क्षेत्रलाई हाल सानो रुपमा संग्राहलयबाट सुरुवात भएपनि आगामी दिनमा आकर्षक संग्रहालयको रुपमा बिकास गर्न सकिन्छ ।

कार्यक्रममा तानसेन नगरपालिकाका अधिकृत शंकर भण्डारीले स्वागत संगै रानीमहल दरबार सौन्दर्यकरण तथा संरक्षणका क्रममा भएका कामको बारेमा जानकारी दिनुभयो । उहाँले करिब २ महिनाको निरन्तर मेहनतले रानीमहल दरबारलाई यो अवस्थामा ल्याउन सम्भब भएको जानकारी दिनुभयो । उहाँले हराएका पुरातात्विक सामाग्री १ सय ६६ थान फिर्ता ल्याई संग्रहालयमा राखिएको बताउनुभयो । संग्रहालयमा खड्ग शम्सेरले प्रयोग गरेका भाडा,मुर्ति,शंख,शालिग्राम आदी राखिएको छ । त्यस्तै पर्यटकलाई खड्ग शम्सेर र रानी तेजकुमारीको फोटोसंग सोल्फी खिच्ने ब्यबस्था मिलाईएको छ ।
कार्यक्रम तानसेन १३ की कार्यबाहक वार्ड अध्यक्ष कमला भन्डारीको अध्यक्षता र तानसेन नगरपालिकाका अधिकृत भरत आचार्यको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस