तानसेन नगरपालिकाको दशौं नगरसभा सम्पन्न

तानसेन नगरपालिकाको दशौं नगरसभा सम्पन्न

बिष्णु खनाल
पाल्पा,पुस २९


तानसेन नगरपालिकाको दशौं नगरसभा बिहिवार सम्पन्न भएको छ । नगरप्रमुख अशोक कुमार शाहीको अध्यक्षतमा नगरको दशांै नगरसभा सम्पन्न भएको हो ।
नगरको साढे ४ बर्षे कार्य अनुभव राख्दै तानसेन १४ का वार्ड सदस्य रमेश न्यौपानेले कहिले पनि नगरसभा कसैबाट बहिष्कार तथा स्थागित नभएको बताउनुभयो । त्यस्तै शुभकामना तथा अनुभव बताउदै नगरसभा सदस्य दुर्गा नेपालीले नगरसरकारले महिला तथा दलितको लागि काम गरेको बताउनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले आर्थिक बर्ष २०७८÷७९को अर्धबार्षिक समिक्षा तथा कार्यकालको उपलब्धि प्रस्तुत गर्नुभयो । नगर प्रमुख शाहीले प्रस्तुत गर्नुभएको समिक्षा तथा उपलब्धिमा विभिन्न स्रोतबाट संचालन हुने कुल ४ सय ७१ आयोजनाहरु मध्ये ३ सय २४ योजना सम्झौता भएको तथा ६४ वटा योजना सम्पन्न भैसकेका छन ।युबा स्वारोजगार कार्यक्रम तर्फ नगरका ६ सय ७२ जना युबा उधमीले सेबा प्राप्त गरेका छ्न । पाल्पाली ढाकाको प्रबर्द्धनको काम भैरहेको र ढाकाको राजधानी घोषणाको काम तिब्ररुपमा अगाडि बढेको नगरप्रमुख शाहीले बताउनुभयो ।
सभामा नगरप्रमुख शाहीले छोरी शिक्षा कार्यक्रम निरन्तर अगाडि बढेको जानकारी दिनुभयो ।तानसेन नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम अन्तरगत “पू्र्खाको नासो हाम्रो तानसेन “ पुस्तक प्रकाशन गरि बिधालयलाई उपलब्ध गराएको छ ।
नगरले पछिल्लो छ महिनामा ३ सय ५० गरिब बिपन्न परिवारको निसुल्क स्वास्थ बिमा गरिदिएको छ ।नगरले करिब ४ बर्षको यो अबधिमा बतासेडाडामा प्रदेश स्तरीय छायाङकन स्थलको निर्माणको लागि डिपिआर तयार पारी सकेको छ ।


यस आर्थिक बर्षमा कुल ६ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २ करोड १६ लाख २५ हजार ८ सय २३ रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ ।जसमा आर्थिक बर्ष २०७७÷७८ को कुल बेरुजु ३४ करोड १५ लाख ५१ हजार रहेकोमा पेस्की बेरुजु ३ करोड ३४ लाख ७२ हजार २ सय २९ रुपैयाँ,नियमित गर्नु पर्ने ३ करोड ८० लाख ७६ हजार ७ सय ७१ रहेको छ । जसमा ३ लाख ९३ हजार २ सय ४३ असुल भएको छ ।सम्परिक्षणको लागि ८ लाख ९८ हजार १ सय २० बराबरको कागजात एबम विवरणहरु प्राप्त भएको छ ।
उधामशिलता बिकास कार्यक्रमका आधारमा युबाहरुलाई बिना धितो ६ करोड ३५ लाख शुलभ कर्जा प्रदान गरि १ सय ३२ परिवारका करिब ७ सय ९२ युबालाइ उधमी बनाएको छ ।एक वार्ड एक किलोमीटर पक्की सडक अभियान अन्तर्गत अधिकास वार्डमा ठेक्का भई काम अगाडि बढेको छ ।त्यस्तै नगरले ४९ घरधुरीमा सोलार विद्युत प्रदान गरेको नगरप्रमुख शाहीले दशौ नगरसभामा उपलब्धि प्रस्तुत गर्नुभयो ।
सभामा नगर उपप्रमुख लक्ष्मीदेबि पाठकले बिनियोजन ऐन २०७८ को पहिलो संसोधन बिधेयक प्रस्तुत गर्नुभयो । आर्थिक बर्ष २०७८÷७९ को लागि १ अर्ब ४१ करोड १० लाख ८४ हजार ४५ रुपैयाँ बराबरको संचित कोषबाट खर्च गर्ने अधिकार बजेटमा पेस गर्नुभयो । सो बिधेयकमा प्रेम मल्ल र नारायण न्यौपानेको केही संसोधन सुझाव बमोजिम सर्बसम्मत पारीत भयो ।


सभाको शून्य समयमा तानसेन ५ का वार्ड सदस्य बिष्णु बहादुर कार्कीले तानसेन खानेपानी नगर सरकारले जिम्मेवारी लिने कुरा हराएको स्मरण गराउनुभयो ।उहाँले सडक मापदण्ड नमिलेको हुदा राजमार्ग भन्दा भित्री सडकलाई धेरै जग्गा छोड्नु पर्ने नियम अमिल्दो भएको र निश्चित मापदण्ड हुनुपर्ने बताउनुभयो ।कार्कीले ठेक्का लगाउने र छोड्ने परम्परा मनलाग्दी भएको बताउनुभयो । त्यस्तै शून्य समयमा आफ्नो धारणा राख्दै प्रशान्त मल्लले नगरभित्रका बिरामीले रेफरको नाममा धेरै झन्झट बेहोरेको भन्दै सिधै आफुले रोजेको अस्पतालमा उपचार गराउन पाउनु पर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस