निस्दीमा मोटरसाईकल दूर्घटना एकको मृत्यु,एक घाईते

निस्दीमा मोटरसाईकल दूर्घटना एकको मृत्यु,एक घाईते

पाल्पा,पुस २८
पाल्पाको निस्दी गाउँपालिका ६ सिन्धुरेमा मोटरसाईकल दूर्घटना एकको मृत्यु भएको छ । भने एक जना सामान्य घाईते भएका छन् ।
लु ६ प १५२३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा निस्दी गाउँपालिका ७ का मोटरसाईकल चालक ४४ बर्षिय ओम बहादुर गाहाको घटना स्थलमै मृत्यु भएको र पछाडी सवार गाहाकी श्रीमती ४४ बर्षिय निरमाया गाहा घाईते भएको पाल्पा प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस