पाल्पामा मेला महोत्सब गर्न रोक

पाल्पामा मेला महोत्सब गर्न रोक

पाल्पा,पुस २८
बढ्दो कोभिड जोखिमलाई मध्यनजर गर्दै पाल्पामा मेला महोत्सब गर्न रोक लगाईएको छ । कोभिड १९ संकट ब्यबस्थापन केन्द्र पाल्पाको आज बसेको बैठकले आज राती १२ बजेबाट लागु हुने गरि अर्को सूचना जारी नभए सम्म जिल्लामा मेला महोत्सब,प्रशासनिक तथा संस्कृतीक कार्यक्रम,जात्रा,भेला,जुलुस प्याली जस्ता भिडभाड जन्य गतिबिधी गर्न रोक लगाएको छ ।


बैठकले अतिआवाश्यक बैठक कार्यक्रम गर्नु परेमा २५ जना भन्दा कम जम्मा भई स्वास्थ्य मापडण्ड पालना सहित गर्न सकिने जनाएको छ । कोभिडको जोखिमलाई ध्यान दिदै पहिले संचालनमा आएका आईसोलेसन,क्वारेन्टाईनहरुलाई तयारी अवस्थामा राख्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस