रम्भाकाे हुँगीमा नेतृत्व विकास तथा उद्घोषण तालिम

रम्भाकाे हुँगीमा नेतृत्व विकास तथा उद्घोषण तालिम

पाल्पा, पुस २४
रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले समाज परिवर्तनको लागि मानिसहरुको व्यवहारमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् । उनले बालबालिकामा रहेका क्षमतालाई पहिचान गरेर सोही अनुसारको शिक्षण सिकाई कार्य गर्नु आवश्यक रहेको बताए ।
हुँगी सामुदायिक सिकाई केन्द्र, रम्भा १ पाल्पाको आयोजनामा भएको कार्यक्रममा बोल्दै तालिममा सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा परिवर्तन गर्न जरुरी रहेको बताए । योग स्रोत शिक्षकको व्यवस्थापन गर्न लागेको बताउँदै गाउँपालिका अध्यक्ष भण्डारीले निरन्तर रुपमा गाउँपालिकाका गतिविधिहरु जनता केन्द्रीत गरेर अगाडी बढ्ने बताए ।
कालिगण्डकी गुरुकुलममा सिकेका योग सम्बन्धि कुराहरु समेत विद्यालयमा सिकाउनका लागि आग्रह गरे । हामीले मनोवैज्ञानिक रुपमा अध्ययन गरेर मानविय व्यवहार बिगार्ने तत्वहरु पहिचान गरेर अन्त्य गर्नुपर्ने बताए । उनी भन्छन्, रम्भाले बालश्रमको अन्त्य गर्ने कार्य गरेको, विद्यालयमा जंक फूड निषेध गरेको, २० वर्ष मुनिको विवाहलाई निषेध गरिएको जस्ता कार्य गरि बालमैत्री घोषणा गरिएको छ ।
जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढकालले सिकाई निरन्तर प्रक्रिया रहेको बताउँदै व्यवहारिक ज्ञानको अभावमा कार्यसम्पादनमा कठिनाई उत्पन्न हुने बताए । विद्यालयका प्रधानाध्यापक लक्ष्मण अधिकारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले व्यक्तिमा धेरै क्षमता रहने त्यसलाई प्रस्फूटन गर्न उत्प्रेरणाको आवश्यकता पर्ने बताए ।
तीन दिने नेतृत्व विकास तथा उद्घोषण कार्यक्रम उद्घाटन रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो । कार्यक्रम दिनेश भट्टराईको सञ्चालन र नारायण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस