नेकपा एमाले पाल्पामा घिमिरे

नेकपा एमाले पाल्पामा घिमिरे

पाल्पा,पुस २४
नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । आज बिहान सम्पन्न नवौं जिल्ला अधिवेशनबाट घिमिरे सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितीले जनाएको छ ।
जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन हुनुभएको छ ।
तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी समेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस