नेपाली काङ्ग्रेसको दुई दिने प्रशिक्षण सुरु

नेपाली काङ्ग्रेसको दुई दिने प्रशिक्षण सुरु

पाल्पा पुस २३
नेपाली काङ्ग्रेस पाल्पाको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । शुक्रवार र शनिबार गरि दुई दिनसम्म चल्ने प्रशिक्षण लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वीर बहादुर रानाले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा जिल्ला कार्यसमिति,प्रदेश सभापति र सचिब,क्षेत्रीय सभापति र सचिव ,पालिका सभापति र सचिव त्यस्तैगरी भातृ तथा सुबेक्षुक संस्थाका दुई ÷दुई जना प्रतिनिधिहरुको सहभागीता रहेको छ ।


प्रशिक्षणको पहिलो दिन उप प्राध्यापक शारदा खनाले बिपीको बहुआयामिक ब्यतित्वको बिषयमा सहभागीलाई प्रशिक्षण दिनुभयो ।त्यस्तै काङ्ग्रेसलाई अबसर र चुनौतीका विषयमा पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब जिल्ला सभापति राजनप्रसाद पन्तले प्रशिक्षण दिनुभएको थियो ।
काङ्ग्रेसको आदर्श र समसामयिक राजनीतिको बिषयमा प्रशिक्षण केन्द्रिय प्रशिक्षक, निति,कार्यक्रम तथा प्रशिक्षण प्रतिस्ठानका प्रमोदहरी गुरागाइले दिनुभयो । पार्टी संगठनका बिषयमा प्रशिक्षण निबर्तमान जिल्ला सभापति तथा माननीय मन्त्री वीर बहादुर रानाले दिनुभएको थियो ।


सनिवार हुने प्रशिक्षण लोकतान्त्रिक समाजबादको बिषयमा उप प्रध्यापक शोभाखर न्येपाने,काङ्ग्रेसले गरेका कार्य र उपलब्धिका बिषयमा यमलाल तिमिल्सिना,दल सम्बन्धि ऐन नियम र बैधानिक प्राबधानका बिषयमा अधिबक्ता महेन्द्र पाण्डे, प्रशासनिक निकाय र बिकास निर्माणमा हाम्रो भुमीकाका बिषयमा पुर्ब केन्द्रिय सह सचीव निजामती कर्मचारी युनियनका राजेसले प्रशिक्षण दिनुहुने कार्यक्रम छ ।


त्यस्तै सनिबार नै विपक्षी संघ प्रतिबादका बिषयमा उप प्रध्यापक महेन्द्र पन्थी,सामाजिक संघ संस्थासंग नेपाली काङ्ग्रेसको भुमीकाको बिषयमा नेपाली काङ्ग्रेसका नेता रामेश्वर पन्थीले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षणकै क्रममा नेतृत्व बिकास र संसदिय प्रक्रियाको बिषयमा उप प्रध्यापक राजिब कुमार शाह र हामी नेपाली काङ्ग्रेस र अन्य दलका बिषयमा केन्द्रिय प्रशिक्षक नीति,कार्यक्रम तथा प्रशिक्षण प्रतिस्ठानका मदन कट्टेलले दिनुहुने नेपाली काङ्ग्रेस पाल्पाका उप सभापति तथा प्रशिक्षण बिभाग प्रमुख झपेन्द्र गहिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस