पाल्पाकाे वगनाशकाली र रम्भा गाउँपालिका दुवै पहिलाे बालमैत्री ! सामाजिक सञ्जालमा बहस

पाल्पाकाे वगनाशकाली र रम्भा गाउँपालिका दुवै पहिलाे बालमैत्री ! सामाजिक सञ्जालमा बहस

पाल्पा, पुस २०

पाल्पाको बगनासकाली गाउँपालिकाले लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका २०७७ चैत १४ गते घोषणा गर्याे । फेरी २०७८ पुस १९ गते जिल्लाकै रम्भा गाउँपालिकाले जिल्लाकै पहिलाे बालमैत्री गाउँपालिका घाेषणा गरिएकाे छ ।

बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बालसहभागिता महत्त्वपूर्ण विषयहरू समावेश गरिएकाे छ । बालमैत्री गाउँपालिका घाेषणाका लागि बालमैत्री विद्यालय घोषणा, पूर्ण संस्थागत सुत्केरी, ५ वर्षका मुनिका बालबालिकाको जन्मदर्ता जस्ता सूचक पुरा गर्नुपर्ने हुन्छ । दुवै पालिकाले सबै सूचक पुरा गरेकाे भन्दै बालमैत्री गाउँपालिका घाेषणा गरेका छन् । तर दुवै पालिकाले अाफू नै पहिलाे भएकाे भन्दै गरिएकाे घाेषणामा सामाजिक सञ्जालमा चर्काे वहस भएकाे छ ।

वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले अाफूहरूले सूचक सबै पुरा गरेर घाेषणा गरेकाे बताउँदै जिल्ला समन्वय समिति तथा विज्ञहरूकाे अनुगमन तथा समन्वय तथा प्रदेशमा पत्राचार गरेपछि बालमैत्री घाेषणा गरेकाे बताए । यता रम्भा गाउँपालिका पाल्पाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जिल्ला समन्वय समितिले गरेकाे सिफारिस र मुख्यमन्त्री स्तरीय निर्णयका अाधारमा पहिलाे घाेषणा गरेकाे बताए ।

गाउँपालिका बालमैत्री घाेषणामा पहिलो र दोस्रो हुँदैमा सुविधा के कति फरक पर्छ ? बालबालिका वा जनताले के धेरै थोरै पाउँछन् ? जनताकाे प्रश्न छ ।

रम्भा लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री भन्दैछ । लुम्बनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका बगनासकाली घोषणा भइसक्यो चैत्र १४ गते । स्थानीय तहका जनप्रतिधिकै टकरावले लोकलाई अलमल पार्ने र बेमेल र भ्रम सिर्जना गर्ने देखिन्छ । यो विरालो बाँध्ने काम मात्र हो । समुदायसम्म प्रभावकारिता देखिए लोकले घोषणाको अर्थ भेउ पाउँदै जान्छ ।

बालमैत्री सुरुवात देखि घाेषणा सम्ममा कति खर्च गरेकाे हाेला पालिकाले ??

जिल्ला समन्वय समिति पाल्पा कार्यावहाक प्रमुख मीरा मरासिनीले वगनाशकालीमा पनि सर्वपक्षीय अनुगमन गरिएकाे तर प्रतिवेदन नदिँदै घाेषणा गरिएकाे बताइन् । वगनाशकालीकाे सन्दर्भ विवाह भएकाे तर दर्ता नभएकाे जस्ताे भएकाे संज्ञा दिन सकिने प्रमुख मरासिनीले बताइन् । उनले जिल्लाकाे सिफारिस रम्भाकाे पहिलाे गरिएकाेले पहिलाे भनिएकाे भन्दै वगनाशकालीकाे घाेषणा बारे जानकार रहेकाे र निमन्त्रणा हुँदा अाफूहरूकाे प्रतिवेदन नभएकाेले कार्यक्रममा सहभागी नभएकाे समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस